Like us!
Follow us!
Connect us!
Watch us!
लगानी ४ अर्व ६० करोड, १ हजार बढीले पाए रोजगारी

कैलालीमा सहकारीको निक्षेप करिब ४ अर्व

सोमबार, १३ मंसिर २०७३, १६ : १७ मा प्रकाशित

कैलालीमा सहकारीको निक्षेप करिब ४ अर्व

अर्थ संसार

धनगढी– कैलालीमा सञ्चालित सहकारी संस्थाहरुले आर्थिक वर्ष २०७१/७२ मा करिब ४ अर्व रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कैलालीका अनुसार जिल्लाका १३ विषयगत सहकारीमा रहेका ६ सय १६ सहकारीले ३ अर्व ९६ करोड २७ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

वित्तीय साक्षरता बढेसंगै पछिल्लो समयमा बैक तथा वित्तीय संस्थाहरुभन्दा सहकारीप्रति सर्वसाधारणको आकर्षण समेत बढ्दै गएको छ ।

ठूलो कारोबारको लागि बैक तथा वित्तीय संस्थाहरुमा पुग्ने गरेपनि स–सनो कारोबार र नियमित बचतको लागि वचतकर्ताले सहकारी रोज्ने गरेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय कैलालीका प्रशिक्षक हरि सिंह साउँदले बताए ।

उनका उनुसार डिभिजन कार्यालयमा दर्ता भएका ६ सय १६ सहकारी संस्थामा १ लाख ६१ हजार ३० जनाको पहुँच पुगेको छ । ती मध्ये ७१ हजार ६ सय ५९ महिला सदस्य रहेका छन् ।

१३ ओटा विषयगत सहकारी संस्थामध्ये सबैभन्दा बढी बहुउद्धेश्यीयमा ४७ हजार ६ सय ७३, ग्रामिण विकास सहकारीमा ४२ हजार, ३ सय ५३,वचत तथा ऋण सहकारीमा ३५ हजार ६ सय ३४ जना र कृषि सहकारीमा ३३ हजार ७ सय ७ जना सदस्य आवद्ध रहेका छन् । त्यसैगरी दुग्ध सहकारीमा ९ सय १३ जना, उपभोक्ता सहकारीमा ४ सय १३ जना आवद्ध छन् ।  वातावरण संरक्षण सहकारी, स्वास्थ्य सहकारी, संचार सहकारी, मौरीपालन सहकारी र कृषि पर्यटन सहकारीमा ३ सय ११ जना आवद्ध रहेका छन् ।

यी शेयर सदस्यबाट सहकारीहरुले गत आ.व सम्म ५९ करोड ३६ लाख ७९ हजार पूँजी संकलन गरेका छन् । ती संस्थासंग गत आवको असार मसान्तसम्म ४९ करोड ८० लाख ७४ हजार साधारण जगेडा कोष रहेको छ ।

सहकारीहरुले संकलित बचत तथा शेयर पूँजीबाट ४ अर्व ६० करोड ७२ लाख ८ हजार रुपैयाँ ऋण लगानी गरेका छन् । यसरी लगानी गर्नेमा पनि बहुउद्धेश्यीय सहकारी संस्थाको योगदान अग्रणी देखिएको छ । बहुउद्धेश्यीय सहकारीमा आवद्ध ७७ संस्थाले २ अर्व  ४३ करोड ८७ लाख ७५ हजार ऋण लगानी गरेका छन् । त्यसैगरी ऋण लगानी गर्नेमा क्रमशः कृषि सहकारी संस्था, बचत तथा ऋण सहकारी संस्था ग्रामिण विकास सहकारी रहेका छन् ।

कैलालीमा सहकारीको विकासले तिब्रता पाएसंगै स्थानीयले रोजगारीको अवसर पाएका छन् । डिभिजन कार्यालयमा दर्ता विभिन्न १३ विषयगत सहकारी र २ विषयगत संघमा आवद्ध ६२० सहकारीमा १ हजार १ सय २७ जनाले रोजगारी पाएको प्रशिक्षक साउँदे बताए ।

‘डिभिजनको रेकर्ड अनुसार ४ सय ५४ महिला र ६ सय ७३ पुरुष कर्मचारीको रुपमा आवद्ध भएको देखिन्छ’ प्रशिक्षक साउँदले भने ‘जम्मा शेयर सदस्यहरुमध्ये ५ हजार ६ सय ६३ जना व्यवस्थापन समितिहरुमा संलग्न छन् ।’

कैलालीमा २०७३ साल अषाढ मसान्त सम्म कृषि सहकारी २ सय ३७, ग्रामिण विकास सहकारी १ सय ५९, वचत तथा ऋण सहकारी १ सय १५, बहुउदेश्यीय सहकारी ७७, दुग्ध सहकारी  १७, उपभोक्ता सहकारी ४, वातावरण सहकारी २, स्वास्थ्य सहकारी १,  संचार सहकारी १,मौरीपालन १, कृषि पर्यटन १ गरी ६ सय १६ र जिल्ला सहकारी संघ १ तथा विषयगत संघ ३ गरी ६२० सहकारी दर्ता छन् ।

यी मध्ये कृषि सहकारी १, ग्रामिण सहकारी १, वचत तथा ऋण सहकारी १, दुग्ध सहकारी ५ गरी ८ ओटा सहकारी खारेजी परेको सहकारी प्रशिक्षण डिभिजन कार्यालय कैलालीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको