Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकरलाई सेयर बजारबारे किन नबोल भन्यो धितोपत्र बोर्डले ?

बुधबार, ०५ पुस २०७४, १२ : १० मा प्रकाशित

ब्रोकरलाई सेयर बजारबारे किन नबोल भन्यो धितोपत्र बोर्डले ?

अर्थ संसार, काठमाडौँ – सर, हामीलाई त नियामक निकायले सेयर बजारको उतार चढावका बारेमा नबोल्न कडा निर्देशन दिएको छ । अब करी बोलौ सर, बोल्यो कि त कारवाही भइहाल्छ । यो भनाई हो एक सेयर ब्रोकरको ।

पछिल्लो दिनमा सेयर बजार एकपछि अर्को गर्दै घट्दै गएको छ । बजारमा अनेकन हल्ला चलीरहेका छन् । बजार पूर्णत : अस्थिर भइरहेको छ । बजारमा लगानीको वातावरण छैन, वामगठबन्धनले निर्वाचन जितेका कारण  अब सेयर बजारको भविस्य छैन भन्ने जस्ता हावादारी र हल्लाका आधारमा गरिएका प्रचार व्याप्त छन् ।

बजारमा अराजकता देखिएको र आफूखुसी व्याख्या भएको भन्दै नियमक निकाय नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुलाई जथाभावी बोल्न प्रतिबन्ध नै लगाएको छ । यसलाई केहीले अभिव्यत्तिः स्वतन्त्रतामाथिको हस्तक्षेप भनेरअनौपचारिक रुपमा टिप्पणी गरेपनि उदृत नै गरेर बोल्न दिएको छैन ।

सेयर बजारको उतार चढावको बारेमा नबोल्न बोर्डले दिएको निर्देशनलाई केही विश्लेषकले भने सकारात्मक रुपमा नै लिएका छन् ।

सेयर विश्लेषक निरव पुडासैनी बजारलाई प्रभावित पार्ने र चलखेल गर्ने प्रवृत्ति बढेका कारण जथाभावी नबोल्न दिइएको निर्देशन स्वभाविक नै भएको बताउँछन् । उनले बजार प्रभावित पार्ने र अनावश्यक हल्ला गर्न नपाइने अर्थमा बोर्डको निर्देशन जायज भएको बताए ।

पछिल्लो पटक वामगठबन्धनले दुई तिहाइको हाराहारीमा मत परिणाम प्राप्त गरेपछि बजार एक हजार ४०० को बिन्दुमा झरेको छ । पछिल्लो एक महिनामा मात्रै करिब १०० अंकले बजार ओरालो लागेको छ ।

सरकार गठन हुने वा नहुने विषयमा समेत राजनीतिक अन्यौलता कामयै रहेको छ । सरकारमा रहेको नेपाली काँग्रेसले राष्ट्रिय सभा गठन नभइ सरकारबाट नहट्ने जिकिर गरिरहेको छ ।

उता वामगठबन्धनले भने सरकार गठनमा तत्काल मार्ग प्रशस्त गरिदिन आग्रह गरेको छ । तर पनि बजार दैनिक जसो घट्दै घट्दै न्यून बिन्दुमा पुगेको छ । बजारलाई संयमित बनाउन कुनै पहल भएको छैन । यही समयमा सेयर कारोबारमा ध्याट लाग्ने किन नलाग्ने विषयले फेरि पनि प्राथमिकता पाएको छ ।

आन्तरिक राजश्व कार्यालयले एक पत्र मार्फत केही सेयर ब्रोकरलाई भ्याट तिर्न निर्देशन दिएको छ । सोही विषयमा सेयर ब्रोकरहरु आन्दोलित छन् । बजार नियमित रुपमा घटदै आएको छ ।

बजारलाई सम्हालेर लैजान कोही कसैले पहल नगर्ने बरु बोल्न नै प्रतिबन्ध लगाउने विषय स्वभाविक नभएको केही विश्लेषकहरुको  टिप्पणी छ ।

तर बोर्डले भने अनावश्यक हल्ला गर्ने प्रवृत्ति मौलाएका कारण सेयर ब्रोकर र विश्लेषकलाई संयमित हुन आग्रह गरेको बताएको छ ।

बोर्डको उक्त निर्देशनले दीर्घकालमा भने सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । सो अर्थमा बोर्डको निर्णय जायज छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको