Like us!
Follow us!
Connect us!
Watch us!

आश्वा लागू भएपनि धितोपत्र बाँडफाँडमा समस्या, सरोकारवाला निकायले किन दिएनन् ध्यान ?

मंगलबार, ०४ पुस २०७४, १२ : ०५ मा प्रकाशित

आश्वा लागू भएपनि धितोपत्र बाँडफाँडमा समस्या, सरोकारवाला निकायले किन दिएनन् ध्यान ?

अर्थ संसार, काठमाडौं – धितोपत्र कोरोबारलाई सहज र सरल बनाउन नेपाल धितोपत्र बोर्डले अनिवार्य रुपमा आश्वा प्रणाली लागू गर्यो ।

त्यसले लगानीकर्तालाई राहत मात्रै होइन धेरै सजिलो बनाएको छ । तर आश्वाको मूल मर्मअनुसार कतियप कारोबारमा ध्यान दिन नसक्दा सेयर बजारमा रहेको समस्या भने हट्न सकेको छैन ।

बजारलाई सरलीकृत बनाउन र घरमै बसेर लगानी गर्न सक्ने वातावरण बनाउने लक्ष्याका साथ आश्वा प्रणाली लागू गरिएको हो तर बाँडफाँडामा भने अझै समस्या बाँकी रहेको छ । धितोपत्र कारोबारमा संलग्न व्यावसायी तथा धितोपत्र बिक्री गर्ने विक्री प्रबन्धकले ध्यान दिन नसक्दा समस्या खडा भएको हो ।

आश्वाले सहज र सरल रुपमा सेवा दिने ठानिए पनि बाँडफाँडमा रहेको समस्या हटाउन भने सरोकारवालाले ध्यान दिन सकेका छैनन् ।

जसका कारण पछिल्लो दिनमा सानिमा क्यापिटलले सानिमा इक्वीटीको बाडफाँट २० दिनभित्र गर्न नसक्ने देखिएको हो । सामान्यता २० दिन भित्रै बाँडफाँड गरिने भनिएपनि आश्वाको मूल मर्म विपरित समय लगाइएको पाइएको छ ।

अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले आश्वा सदस्यता लिएर सेवा आरम्भ गरिरहेका छन् । तर बाँडफाँडमा देखिएको समसयाले भने लगानीकर्तालाई हैरानी मात्रै नभइ परेसानी समेत थपेको बताइएको छ ।

आश्वा कार्यान्वयनमा आएपछि आवेदन र बाँडफाँड दुबै सहज हुने दावी गरिएको थियो । आवेदनका लागि लाइन बस्नुपर्ने झन्झटको अन्त्य भएको छ तर सेयर बाँडफाँडमा भने नतिजा प्राप्त हुन सकेको छैन ।

 तथ्यांक अद्यावधिक गर्न समय लागेका कारण त्यस्तो समस्या आएको बताइएको छ । तर मसाधान गर्ने तर्फ ध्यान भने दिइएको छैन ।

आश्वा लागू भएसँगै  धितोपत्रको सार्वजनिक निष्काशन तथा बाँडफाँड प्रक्रिया २० दिन सम्मभित्र सम्पन्न हुनुपर्ने नियम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको