Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा अझै जारी छ चलखेल, किन घटाइदैछ बजार ?

सोमबार, ०३ पुस २०७४, ११ : ११ मा प्रकाशित

सेयर बजारमा अझै जारी छ चलखेल, किन घटाइदैछ बजार ?

अर्थ संसार, काठमाडौँ – वामगठबन्धनको हौवा फिजाएर घटाइएको धितोपत्र बजारमा अझै पनि चलखेल जारी रहेको छ ।

वामगठन्धनका शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी अर्थव्यवस्थालाई अंगाल्ने र उदारिकरणमा कुनै पनि समस्या नपारिने भन्दै पटक पटक आफ्नो धारणा सार्वजनिक गरेपनि धितोपत्र बजारको नाममा चलखेल गर्ने केही स्वार्थी समूहले बजारमा अझै पनि अनावश्यक हल्ला चलाउन छाडेका छैनन् ।

बजार संग्लिएर बढ्ने अवस्थामा पुगेको बेला नेपाल स्टक एक्चेन्जमा आगलागी भयो । यस्तै यही बीचमा पुनः सेयर बजारमा मूल्य अभिवृद्धि करको लफडा समेत प्रवेश गर्यो ।

बजार प्रभावित पार्न चाहने तत्वलाई यति भएपछि अर्को के चाहियो र । बजार घटाउन नै चाहन्थे उनीहरु । वामगठबन्धनको सरकार आएपछि बजार सकारात्मक दिशामा जान सक्दैन भन्दै अनावश्यक हल्ला मच्चाउनेले अनेकन बाहान पाइरहेका छन् ।

वामगठबन्धनका नेता ओलीले बजार घटाउन अनेकन हल्ला गरिएको भन्दै त्यस्तो नगर्न र गर्नेहरु अपराधी भएको समेत बताए ।

बजार लगातार घटाउन थालिएपछि आइतबार वामगठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सेयर बजारको विषयले प्रवेश गर्यो । वामगठबन्धनका नेता ओलीले बजार घटाउन अनेकन हल्ला गरिएको भन्दै त्यस्तो नगर्न र गर्नेहरु अपराधी भएको समेत बताए ।

उनले गठबन्धनको सरकारले लगानी र आर्थिक समृद्धिलाई केन्द्रमा राखेका कारण कुनै पनि समस्या नहुने बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आर्थिक समृद्धिका लागि वामगठबन्धनको सरकार नै उत्तम हुने धारणा राखे । त्यसो त उद्योगी व्यावसायीले समेत सामाजिक अर्थव्यवस्थालाई स्वीकार गर्ने बताएका छन् । वामगठन्धनको सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको उनीहरुले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कर्मसले समेत समाजिक अर्थव्यवस्था स्वीकार गर्ने बताइसकेका छन् ।

यो पनि पढ्नुहोस्

आजदेखि राधी विद्युत कम्पनीको आइपिओ खुल्ला, यहाँबाट आवेदन दिनुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको