Like us!
Follow us!
Connect us!
Watch us!

सकियो समानुपातिकतर्फको मतगणना, एमाले पहिलो भन्दा अरु पार्टीले कति मत पाए ?

आइतबार, ०२ पुस २०७४, १३ : १० मा प्रकाशित

सकियो समानुपातिकतर्फको मतगणना, एमाले पहिलो भन्दा अरु पार्टीले कति मत पाए ?

अर्थ संसार, काठमाडौं– मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ वटै जिल्लाको मतगणना सकिएको छ । निर्वाचन आयोगले मतगणना सकिएपनि अन्तिम नतिजा सार्वजनिक गर्न भने समय लाग्ने जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले सवै नतिजा सार्वजनिक गर्न अझै समय लाग्ने बताए । उनले आयोगले अपडेट गरेको आँकडा अन्तिम नभएको पनि बताए ।
निर्वाचन आयोगले आफ्नो वेभसाइडमा चढाएको नतिजा अनुसार समानुपातिकमा एमाले नै अगाडि छ । जसले ३१ लाख ७३ हजार ४९४ छ भने कांग्रेसको ३१ लाख २८ हजार ३८९ मत रहेको छ ।

 त्यसैगरी माओवादी केन्द्रको १३ लाख ३ हजार ७२१ मत छ । त्यस्तै राजपा नेपालको ४ लाख ७२ हजार २५४ छ भने संघीय समाजवादी फोरमको ४ लाख ७० हजार २०१ छ । त्यस्तै विवेकशीला साझा पार्टीको २ लाख १२ हजार ३६३ छ भने राप्रपाको १ लाख ९६ हजार ७८२ मत आएको छ । राप्रपा प्रजातान्त्रिकको ८८ हजार ३७७ रहेको छ ।

नयाँ शक्तिको ८१ हजार ८३७ मत आएको छ भने राजमोको ६२ हजार १३४ मत आएको छ । आयोगका अनुसार अन्य दलको जम्मा ३ लाख ५५ हजार १९२ मत आएको छ । तर, आयोगका अनुसार सवै जिल्लाको मत परिणाम इन्ट्री गर्ने काम भइरहेकाले यो संख्या नै अन्तिम भने होइन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको