Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक सहमतिबिना नियुक्ति नगर्न अध्यक्ष प्रचण्डको आग्रह

शनिबार, ०१ पुस २०७४, १५ : ३९ मा प्रकाशित

राजनीतिक सहमतिबिना नियुक्ति नगर्न अध्यक्ष प्रचण्डको आग्रह

अर्थ संसार, पुस– माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी गभर्नर लगायतका कुनै पनि नियुक्ति राजनीतिक सहमति बिना नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।

शनिबार बिहान बालुवाटारमा भएको भेटमा निर्वाचनले नयाँ जनादेश दिएको सन्दर्भमा कामचलाउ सरकारले महत्वपूर्ण निर्णय र नियुक्ति नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो।

भेटमा अध्यक्ष प्रचण्डले अत्यावश्यक निर्णय गर्नु परेमा राजनीतिक सहमतिमा गर्न पनि प्रधानमन्त्रिलाई सचेत गराउनु भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको