Like us!
Follow us!
Connect us!
Watch us!

बिहेको खर्च बाढीपीडितलाई

शनिबार, ०१ पुस २०७४, १० : ०२ मा प्रकाशित

बिहेको खर्च बाढीपीडितलाई

अर्थ संसार, अर्घाखाँची– कुनै बाजागाजा नै थियो, न त पार्टी प्यालेसमा भोजभतेर नै, बेहुला र बेहुली बिहेको वेशभूषामा मात्र थिए ।

दाइजो र गरगहनाविना नै अर्घाखाँची केरुंगाकी शान्ता पौडेल र अर्घाखाँची बांगलाकै विजय भट्टराईबीच शुक्रबार विवाह भई विवाहमा हुने खर्च बचाएर बाढीपीडितलाई रु ५० हजार हस्तान्तरण गरिएको छ जहाँ दुलहादुलहीका आफन्त, गाउँले र केही साथी मात्र थिए ।

दाइजो प्रथाबाट भइरहेको विकृतिले समाजमा दिनहुँ चेलीले भोग्नुपरेको समस्याले गर्दा दाइजो प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यस्तो विवाह गरिएको बेहुली शान्ताको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको