Like us!
Follow us!
Connect us!
Watch us!

समानुपातिकको ताजा अपडेट : ५२ हजार मतले एमाले अग्रस्थानमा हुँदा अन्य पार्टीको स्थान कहाँ ?

शनिबार, ०१ पुस २०७४, ०९ : ३० मा प्रकाशित

समानुपातिकको ताजा अपडेट :  ५२ हजार मतले एमाले अग्रस्थानमा  हुँदा अन्य पार्टीको स्थान कहाँ ?

अर्थ संसार, काठमाडौँ– मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मतको अन्तरले नेकपा (एमाले) को अग्रता कायमै छ ।

निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ः३० बजे प्राप्त जानकारीअनुसार एमालेले ३१ लाख १२ हजार ७४७, नेपाली काँग्रेसले ३० लाख ६० हजार ८५०, नेकपा ९माओवादी केन्द्र० ले १२ लाख ७३ हजार ७७१ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत प्राप्त गरेको आयोगले जनाएको छ । आयोगका अनुसार हाल सुन्सरी र सर्लाहीको मतगणना जारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको