Like us!
Follow us!
Connect us!
Watch us!

चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

शुक्रबार, २९ मंसिर २०७४, १५ : १४ मा प्रकाशित

चितवनमा समानुपातिकतर्फ एमाले पहिलो

अर्थ संसार, चितवन– प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ सबै वाम गठबन्धन विजयी भएको जिल्लामा समानुपातिकतर्फ पनि नेकपा (एमाले) पहिलो पार्टी भएको छ ।

आज सम्पन्न समानुपातिक मतगणनाको परिणामअनुसार एमालेले प्रतिनिधिसभातर्फ ९३ हजार ५३४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ८९ हजार ४४० मत प्राप्त गरेको छ ।

यस्तै दोस्रो दल बनेको नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ ८१ हजार १०४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७६ हजार ९३६ मत प्राप्त गरेको छ ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा तर्फ ४२ हजार ८५१ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ४३ हजार ६२२ मत प्राप्त गरेको छ ।

त्यस्तै विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ नौ हजार ७०७ र प्रदेशसभातर्फ नौ हजार ४५८ मत प्राप्त गरेको छ । चितवनमा पाँचाँै दलको रुपमा राप्रपा ९प्रजातान्त्रिक० आएको छ । उसले प्रतिनिधिसभातर्फ छ हजार ७५० र प्रदेशसभातर्फ सात हजार २४४ मत प्राप्त गरेको छ ।

चितवनमा कूल तीन लाख ५४ हजार ३६ मतदाता रहेका थिए । समानुपातिकतर्फ दुई लाख ६० हजार ८३२ मत खसेको थियो भने १५ हजार ३९० मत बदर भएको छ ।

क्षेत्र नं १ मा ८९ हजार ६२१ मत खसेकोमा चार हजार ९२८ मत बदर भएको छ । क्षेत्र नं २ मा ७६ हजार ७८१ मत खसेकोमा तीन हजार ८०७ मत बदर भएको छ भने क्षेत्र नं ३ मा ९३ हजार ८२३ मत खसेकोमा ६ हजार ६५५ मत बदर भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको