Like us!
Follow us!
Connect us!
Watch us!

जाग्यो सीतापाइला–नौबिसे सुरुङ बन्ने आशा, सरकारको ढिलासुस्तीले केही बर्ष अझै लाग्ने

सोमबार, १३ मंसिर २०७३, ११ : २० मा प्रकाशित

जाग्यो सीतापाइला–नौबिसे सुरुङ बन्ने आशा, सरकारको ढिलासुस्तीले केही बर्ष अझै लाग्ने

अर्थ संसार

काठमाडौं–रधाजानीबाट थानकोट हुँदै नौबीसे निस्कने बाटोमा जामले हैरानी ब्यहोर्नु भएको छ ? अब यस्तो अबस्था धेरै दिन रहने छैन । छिट्टै सुरुङमार्गबाट धादिङको नौबीसे निस्कन पाउनु हुने छ । त्यो पनि द्रुत गतिमा । 

मन्त्री परिषदको सोमबारको बैठकले राजधानी प्रवेश गर्ने मुख्य नाका सीतापाइला–नौबिसे सुरुङ निर्माणका लागि जापानले दिने १७ अर्ब रुपैयाँ ऋण स्वीकार गरेको छ । 

काठमाडौंको सितापाइलाबाट धादिङको नौबिससम्म निर्माण गरिने सुरुङ मार्ग २.६ किलोमिटर लम्बइको मात्र हुनेछ । नेपालमै पहिलो सडकको सुरुङमार्गले राजधानीबाट बाहिर निस्कने यस नाकामा बारंबार हुने जाम  र समय तथा इन्धनमा हुने खर्च घटाउन सघाउने अपेक्षा गरिएको छ ।

चितवनहुँदै पूर्वी र पश्चिम तराईका जिल्लाहरुमा जाने एक मात्र मार्ग भएकाले यहाँ निकै सवारी जाम हुने गरेको छ । सुरुङ मार्ग दुई लेनको हुने छ । यसको बीचमा पेट्राल पम्प, सर्भिस सेन्टरसमेत हुने छन् । 

सरकारले सुरुङ मार्गको लागि जापानले दिने ऋण स्वीकृत गरेपछि सम्झौताको चरणमा प्रवेश गरेको छ । हुनत उक्त सुरुङका लागि जापानले २ वर्षअघि ऋण उपलब्ध गराउने सरकारलाई जानकारी गराएको थियो । सरकारी ढिलासुस्तीले बल्ल स्वकार्ने चरणमा प्रवेश गरेको छ । ऋण सम्झौता भएर सुरुङ निर्माण पूरा हुन भने यात्रुले अझै केही बर्ष कुर्नु पर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको