Like us!
Follow us!
Connect us!
Watch us!

दुई घण्टा ढिला सुरु भएको सेयर बजारमा लगानीकर्ताको उत्साह देखिएन

विहीबार, २८ मंसिर २०७४, १७ : २९ मा प्रकाशित

दुई घण्टा ढिला सुरु भएको सेयर बजारमा लगानीकर्ताको उत्साह देखिएन

अर्थ संसार, काठमाडौं– दुई घण्टा ढिला सुरु भएको धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताको खासै उत्साह देखिएन । 

बुधबार बेलुका लागेको आगलागीको कारण बिहीबार (आज) सेयर बजार  नियमित कारोबार समय भन्दा २ घण्टा ढिला सुचारु भएको थियो । नियमित ११ बजे सुरु हुने सेयर बजार आज १ बजे सुरु भएको हो  ।

आगलागीको कारण नेप्सेको सर्भर र सिस्टम लगायत अन्य प्राविधिक पक्षमा असर परेको कारण बजार सुरु गर्न २ घण्टा ढिला  भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार सेयर बजार २ घण्टा ढिला सुचारु गरिएको र सोही अनुसार कारोबार समय थप  बेलुका ५ बजेसम्म सेयर बजार खुल्ला राखिएको थियो ।

बलेका ५ बजेसम्म बजार खुल्ला राखेपनि आज नेप्से भने सामान्य अंकले घटेको छ । ५९ अंकले घटेको  बजारमा १ सय ५३ वटा कम्पनीको १४ लाख ८४ हजार ३ सय ६१ कित्ता सेयर खरिदविक्रीहुँदा ४५ करोड ३१ लाख ४४ हजार ९ सय २९ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा उपसूचक भने मिश्रित पाइएको छ ।

आज ट्रेडिङ ३.१३ अंक, फाइनान्स ४.२३ अंक, उत्पादन ४.०९ अंक, अन्य १३.५९ अंक र माइक्रोफाइनान्स २.५९ अंकले बढेको  छ । यता बैंक १.९३ अंक, होटल २७.६४ अंक, हाइड्रोपावर २३.४८अंक र इन्स्योरेन्स २०.५७ अंकले घटेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको