Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगी व्यावसायीले भने–‘ समाजवादी अर्थ व्यवस्था स्वीकार्छौ’

विहीबार, २८ मंसिर २०७४, १६ : ५४ मा प्रकाशित

उद्योगी व्यावसायीले भने–‘ समाजवादी अर्थ व्यवस्था स्वीकार्छौ’

अर्थ संसार, काठमाडौँ– उद्योगी तथा व्यवासायीले वामगठबन्धनले अगाडि सार्ने समाजवादी आर्थिक व्यवस्थालाई स्वीकार गर्ने संकेत गरेका छन् ।

उद्योगी व्यवसायीहरुले समाजवाद उन्मुख अर्थतन्त्र स्विकार गर्ने भन्दै गठबन्धनका नेता केपी ओलीसँग आज भेटवार्ता गरेका छन् ।

एमाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोटमा भेटेर उनीहरुले समाजवाद उन्मुख खुला बजार नीतिलाई स्विकार गर्ने प्रतिवद्धता जनाएका हुन् ।

‘राजनीतिक स्थायित्वको लागि बाम गठबन्धनको दुइ तिहाई नजिकको अत्यन्त सहज बहुमतले अब पाँच बर्षको लागि स्थायी सरकार बन्ने कुरामा हामी बिश्वस्त छौ ।’ उद्योगीले अध्यक्ष ओलीलाई भनेका छन् ।

 नया सरकारले ‘समृद्धि र आर्थिक बिकासको‘ लागि नीजि क्षेत्रको सहभागितामुलक सहयोग र साथ रहने बिश्वास दिलाउन चाहन्छौ ।’, नेपाल उद्योग बाणिज्य महासंघ पुर्व अध्यक्ष परिषदले एमाले अध्यक्षलाई भनेको छ ।

 नयाँ सरकारलाई पुर्ण सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरुको टोलीले एमाले अध्यक्ष ओलीलाई भेटेर ओलीको नेतृत्वमा गठन हुने बामपन्थी सरकारसँग मिलेर देश विकासमा योगदान दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

एमाले अध्यक्ष ओलीलाई भेट्न नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्य ज्योति, प्रदिपकुमार श्रष्ठ, रविभक्त श्रेष्ठ, विनाद बहादुर श्रेष्ठ, कुशकुमार जोशी र सुरज वैद्य पुगेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको