Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड, पुनः परीक्षाको माग

विहीबार, २८ मंसिर २०७४, १६ : २७ मा प्रकाशित

पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड, पुनः परीक्षाको माग

अर्थ संसार, विराटनगर–पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन् ।

प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट कार्यालयको झ्यालका शिशा फुट्नुका साथै क्याम्पस प्रमुखको कुर्सीसमेत जलेको छ । उनीहरुले परीक्षा रद्ध गरी पुनः गर्नु पर्ने मागसमेत गरेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयले बुधबार लिएको ‘एग्रो मेट्रोलोजी एण्ड क्लाइमेट चेन्ज’ विषयको परीक्षाको प्रश्नपत्र समय नहुँदै बाहिर आएको भन्दै उनीहरुले पुनः परीक्षाको माग गरेका हुन् ।

पुनः परीक्षा गराउने विषयमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, डिनलगायतसँग वार्ता नभएसम्म आन्दोलन नरोकिने उनीहरुको भनाइ छ ।

क्याम्पस प्रमुख अजयकुमार साहले प्रश्नपत्र बाहिरिएको भन्ने विषयमा सत्यतथ्य पत्ता लगाउन विश्वविद्यालयले आन्तरिकरुपमा अनुसन्धान शुरु गरेको बताउनुभयो । उक्त संकायमा ४७ जना विद्यार्थी अध्ययनरत छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको