Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस्, एक विश्लेषण

विहीबार, २८ मंसिर २०७४, ०८ : २६ मा प्रकाशित

सनराइज बैंकको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस्, एक विश्लेषण

अर्थ संसार, काठमाडौं- बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा १९ प्रतिशतले घटेर रू. २० करोड ३७ लाख नाफा कमाएको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा घटेको हो । सोही अवधिमा  बैंकको  चुक्तापूँजी ५३ प्रतिशतले बढेर रू. ८ अर्ब १५ करोड र रिजर्भ कोषको रकम ५६ प्रतिशतले बढेर रू. १ अर्ब ७१ करोड पुगेको छ ।

 बैंकले वैदेशिक मुद्रा विनिमयबाट रू. १ अर्ब ७२ करोड आम्दानी गरेको छ । बैङ्कले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १५ करोड ६८ लाख छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव ४९ प्रतिशत रहेको छ ।

साथै  बैंकले  सेयर धनीहरूलाई १५ प्रतिशत बोनस  सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । आगामी पुस ३ गतेको साधारण सभाबाट पारित भएपछि उक्त बोनस   सेयर  सेयरधनीले पाउनेछन् ।  

वर्गिकरणः वाणिज्य  बैंक
पछिल्लो व्यापार मूल्यः रू. २७७
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. १०२४
५२ हप्ताको न्यून व्यापार मूल्यः  रू. २६४
१८० दिनको भारित औसत मूल्यः रू. ३३५

 बैंकको  महत्वपूर्ण अनुपात :-

सञ्चालक समितिः
अध्यक्षः मोतीलाल दुगड
व्यवस्थापन समिति
प्रमुख कार्यकारी अधिकृतः रत्नराज बज्रचार्य
प्रधान कार्यलयः गैह्रीधारा, काठमाडौ
वेबसाइटः www.sunrisebank.com.np
शाखाः ७१
स्टक सङ्केतः एसआरविएल

 बैंकको महत्वपूर्ण वित्तिय परिसूचकहरू (रू. हजारमा) :-


 

 बैंकका महत्वपूर्ण वित्तीय परिसूचकहरू (रू. हजारमा ) :-


 

महत्वपूर्ण अनुपात :-

लाभांश विवरण :-


 

आधारभूत विश्लेषण :-

 बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ४ दशमलव ७७ प्रतिशतबाट घटेर २ दशमलव ५० प्रतिशतमा सिमित भएको छ । बैङ्कको लगानी रू. १२ अर्ब ८२ करोड रहेको छ ।

  •  बैंकले पहिलो त्रैमाससम्म आइपुग्दा रू. ६३ अर्ब ६१ करोड ५४ लाख निक्षप सङ्कलन गरी रू. ५४ अर्ब ४९ करोड १७ लाख कर्जा प्रवाह गरेको छ ।

  • खुद ब्याज आम्दानी रू. ५१ करोड ३८ लाख, कर्मचारी खर्च रू. १६ करोड ५४ लाख, अन्य सञ्चालन खर्च रू. १३ करोड र सञ्चालन नाफा रू. २४ करोड ४६ लाख रहेको छ ।

  • स्थिर सम्पत्ति ३३ प्रतिशतले बढेर रू. ५९ करोड ८७ लाख पुगेको छ भने अन्य सम्पत्ति २२ प्रतिशतले घटेर रू. ९५ करोड १५ लाखमा सिमित भएको छ ।

  •  बैंकले पहिलो त्रैमासमा रू. ७ करोड ५ लाख खराब कर्जा उठाएको छ । पूँजीकोष लागत ७ दशमलव ३ प्रतिशत र पूँजीकोष प्रर्याप्तता १४ दशमलव २७ प्रतिशत रहेको छ ।

  •  बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. ९ दशमलव ९९, मूल्य आम्दानी अनुपात ३३ दशमलव १२, तरलता अनुपात २८ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १ सय २१ दशमलव शून्य ६ पुगेको छ । बुधवारको  सेयर मूल्य नेटवर्थको २ गुणा छ ।

प्राविधिक विश्लेषण :-

  • खरीद चापः  बैंकको बुधवार भएको शेयर कारोवारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप १० गुणा बढी रहेको छ । सो अवधिसम्म १६ हजार १ सय ८२ कित्ता  सेयर खरीद र ८ सय ५ कित्ता शेयर विक्रि गर्ने माग रहेको थियो ।  

बुधवार भएको   सेयर कारोबार विवरण :-

मैनबत्ती विश्लेषण :-


 
१३ सेप्टेम्बर २०१७                             १३ डिसेम्बर २०१७

स्ट्याण्डर्ड डेभिएशन :-

१३ सेप्टेम्बर २०१७                             १३ डिसेम्बर २०१७

आरएसआई :-
 

१३ सेप्टेम्बर २०१७                             १३ डिसेम्बर २०१७

मुभिङ एभरेज :-

१३ सेप्टेम्बर २०१७                             १३ डिसेम्बर २०१७

  • मैनबत्ती विश्लेषणः  बैंकको  ५५ दिनको कारोबारको अन्तिम दिनमा सेतो मारोबाजु आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बढ्ने सङ्केत देखाउँछ ।

  • आरएसआईः  बैंकको  ५५ दिनको कारोवारमा आरएसआई न्यट्रल जोन (४३ दशमलव ७० स्केल)मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

  • स्ट्याण्डर्ड डेभिएसनः  बैंकको  ५५ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन १ दशमलव ७२ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेजः  बैंकको ५५ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । १४ दिने औसत मूल्यरेखा र हालको मूल्य भन्दा २६ दिने मूल्यरेखा तल छ । हालको मूल्य रू. २ सय ७६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. २ सय ८३ मा प्रतिरोध पाउन सक्छ भने मूल्य सस्तिएमा रू. २ सय ६७ मा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको