आइतबार, ०७ माघ २०७४, १४ : ३६
केपी ओलीको जिल्लामा दुई अर्ब ५० करोडको लागतमा तीन सय श्ययाको क्यान्सर अस्पताल निर्माण शुरु
बुधबार, २७ मङि्सर २०७४

अर्थ संसार, सुरुङ्गा, झापा– झापामा तीन सय श्ययाको अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल बन्ने भएको छ ।

रु दुई अर्ब ५० करोडको लागतमा विर्तामोडस्थित बिएण्डसी अस्पतालको हाताभित्र छुट्टै क्यान्सर अस्पताल बन्न लागेको हो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको नामबाट सञ्चालनमा आउन लागेको सो अस्पतालको आज आयोजित एक समारोहबीच विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले गर्नुभयो । अस्पतालको भवन निर्माण छ महिनाभित्र सम्पन्न गर्ने कार्यकारी निर्देशक प्रसार्इंले बताउनुभयो ।

नेपालमा क्यान्सरका रोगी दिन प्रतिदिन बढ्दै गएको र बिरामीलाई सहजरुपमा सेवा दिन झापामा क्यान्सर अस्पताल बनाउन शुरु गरिएको डा वीरेन्द्रकुमार यादवले बताउनुभयो । उहाँका अनुसार ७० देखि ८० प्रतिशत क्यान्सरका रोगीलाई ‘रेडिएसन’को आवश्यकता पर्दछ ।

यसअघि बिएण्डसी अस्पतालले क्यान्सरका रोगीलाई रेडिएसन बाहेकका सेवा प्रदान गर्दैआएको छ । पन्ध्र कठ्ठा जमिनमा निर्माण शुरु भएको अस्पतालले पूर्वाकासहित भारतका पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने बताइएको छ ।

© Arthasansar.com 2016, All Rights Reserved