अर्थ संसार, काठमाडौं– केही दिन अघिसम्म लगानीकर्ताको आशा थियो, चुनवापछि सेयर बजारले छलाङ्ग मार्नेछ ।
तर त्यो आशा कल्पनामा सिमित हुन पुगेको छ । देशैभरी वाम एकताको लहर आइरहँदा सेयर बजारले भने आरोलो बाटो समातेको छ ।
आज नेप्से ६.०५ अंकले घटेको छ । यसलाई हेर्दा वामगठबन्धको जितलाई सेयर बजारले नपत्याएको देखिन्छ ।
तर, भोलीको दिनमा के हुने हो त्यो भने बाँकी नै छ । आजको सेयर बजारलाई हेर्दा उत्पाद र अन्य समूह बाहेक अरु सवैउपसमूह राताम्मै भएका छन् । उत्पादन ४०.२४ अंक र अन्य २.०३ अंकले बढेको छ ।
यता बैंक ३.७९ अंक, होटल १४.७८ अंक, विकास ५.४७ अंक, हाइड्रोपावर १३.७२ अंक, फाइनान्स ८.४५ अंक , इन्स्योरेन्स ७२.८२ अंक र माइक्रोफाइनान्स २०.३४अंकले घटेको छ ।
१ सय ५८ वटा कम्पनीको १२ लाख १२ हजार ७ सय ८० कित्ता सेयर खरिदविक्रीहुँदा ८४ करोड ७० लाख ७० हजार ८० रुपैयाँको कारोबार भएको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस