Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री देउवाको पत्नी आरजुलाई पाखा लगाउँदै एमालेका नारदमुनी राना विजयी

आइतबार, २४ मंसिर २०७४, १४ : ४० मा प्रकाशित

प्रधानमन्त्री देउवाको पत्नी आरजुलाई  पाखा लगाउँदै एमालेका नारदमुनी राना विजयी

अर्थ संसार,कैलाली– कैलाली क्षेत्र नं ५ मा एमाले नेता नारदमुनी राना विजयी भएका छन् ।  नेपाली कांग्रेसकी उम्मेदवार एवं प्रधानमन्त्री पत्नी आरजु राणालाई ५ हजार मत अन्तरले  एमाले नेता राना विजयी भएका हुन् ।

वामगठवन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी छन् । प्रधानमन्त्री पत्नी आरजु राणा ४८ सय ८० मत अन्तरले पराजित भएकी छिन् । कैलाली क्षेत्र नं ५ मा ६१ हजार मत खसेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको