Like us!
Follow us!
Connect us!
Watch us!

थापाखोला जलविद्युत् आयोजनाले साढे २२ लाख कित्ता आइपिओ निष्काशन गर्ने

आइतबार, २४ मंसिर २०७४, १४ : १७ मा प्रकाशित

थापाखोला जलविद्युत् आयोजनाले साढे २२ लाख कित्ता आइपिओ निष्काशन गर्ने

अर्थ संसार, काठमाडौं– थापाखोला जलविद्युत आयोजनाले सर्वसाधारण सेयर ( आइपिओ) निष्काशन गर्ने भएको छ ।

आयोजनाले सर्वसाधारणका लागि रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता सेयर निस्काशन गर्ने  भएको आयोजना निर्माण भएको प्रबन्ध निर्देशक भरत खड्काले जानकारी दिनुभयो ।

सेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केटससँग सम्झौता गरेको छ ।

मुस्ताङको थासा गाउँपालिका– १ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।

हिउँदयाम सुरुवातसँगै नदीमा पानीको कमी भएपछि उत्पादन घट्न थालेको अवस्थामा केन्द्रीय प्रसारण लाइनमा १३.६ मेगावाट विद्युत् थपिएको हो ।

माउन्ट कैलाश इनर्जी प्रालीले निर्माण गरेको १३.६ मेगावाट क्षमताको सो आयोजनाले गत भदौदेखि परीक्षण उत्पादन थालेको थियो । परीक्षण उत्पादन सफल भएपछि गत हप्तादेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

यो पछि पढ्नुहोस्

पैसा जम्मा गर्नुहोस्, ३ कम्पनीको IPO आउँदै

स्टाण्डर्ड चार्टर्ड बैंकको १०० प्रतिशत बोनस सेयरको प्रस्ताव

पुष ३ देखि राधी विद्युत कम्पनीको आइपिओ बजारमा, यहाँबाट आवेदन दिनुहोस् 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको