Like us!
Follow us!
Connect us!
Watch us!

काँग्रेस वरिष्ठ नेता पौडेल ३५०० मतले पछाडि

शनिबार, २३ मंसिर २०७४, २० : २४ मा प्रकाशित

काँग्रेस वरिष्ठ नेता पौडेल ३५०० मतले पछाडि

अर्थ संसार, दमौली, तनहुँ– नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल वाम गठबन्धनका उम्मेदवारभन्दा तीन हजार ५७० मतले पछाडि पर्नुभएको छ ।

पछिल्लो मत गणना अनुसार कँंग्रेसका वरिष्ठ नेता पौडेलले १६ हजार ६३१ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रबाट उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ९किसान० ले २० हजार २०१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं १ को प्रदेशसभा ९क० मा एमालेका उम्मेदवार रामबहादुर गुरुङ्गले १० हजार ९९१ र कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले नौ हजार ६४५ तथा प्रदेशसभा ‘ख’मा काँग्रेसका उम्मेदवार रघुनाथ पौडेलले सात हजार ९३० र माओवादी केन्द्रका हरिबहादुर चुमानले १० हजार ५०९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत विश्वनाथ अर्यालले बताउनुभयो ।

त्यस्तै तनहुँको क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका शंकर भण्डारीले १५ हजार ९५० र एमालेका केदार सिग्देलले १८ हजार ९५७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ९क० मा काँग्रेसका प्रदीप पौडेलले छ हजार ४ ५० र माओवादी केन्द्रकी आशा कोइरालाले सात हजार ६२२ तथा प्रदेशसभा ‘ख’ मा काँग्रेसका ध्रुव वाग्लेले आठ हजार ५७२ र एमालेका किरण गुरुङ्गले आठ हजार ९९२ मत प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको