Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र

शनिबार, २३ मंसिर २०७४, १७ : ३९ मा प्रकाशित

जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र

अर्थ संसार, बेनी, म्याग्दी– सरकारले म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा २२० केभीए सव स्टेसन र म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने प्रसारण लाइन निर्माणको काम अघि बढाएपछि जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्ररुपमा भइरहेको छ ।

कालीगण्डकी करिडोर क्षेत्रमा निर्माण हुने जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सरकारले सव स्टेशन र प्रसारण लाइनको कामलाई अघि बढाएको हो ।

दाना र खुर्कोटमा जग्गा प्राप्तिको विवादले यसको निर्माण प्रक्रिया दुई वर्ष लम्बिएको थियो । सोही कारणले ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाले १३ महिना मात्रै निर्माण भएको थियो । पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् अयोजनाको निर्माण पनि निकै सुस्त देखिएको छ ।

विसं २०७३ जेठ महिनादेखि दानामा सव स्टेसन निर्माणको काम अघि बढेपछि जलविद्युत् आयोजनाको निर्माणले गति लिएको हो । प्रसारण लाइनअन्तर्गत खुर्कोटमा निर्माण हुने सव स्टेसनको जग्गा विवाद पनि २०७३ भदौमा टुंगिएपछि अहिले सव स्टेसन र प्रसारण लाइनको कामले गति लिएको छ ।
घलेम्दी हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले दाना सव स्टेसनको विवाद ढिला गरी टुंगिदा यसको प्रभाव जलविद्युत् आयोजनामा परेको बताउनुभयो । अहिले सव स्टेसनले पनि गति लिएको र आयोजनाले पनि त्यसरी निर्माण अघि बढाएको श्रेष्ठले बताउनुभयो ।

मुस्ताङको कोवाङमा विद्युत् उत्पादन गरिसकेको १३।६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनालाई समेत विद्युत् बेच्न समस्या रहेको उहाँको भनाइ छ । मिस्त्रीका आवासीय इञ्जिनियर दिवाकर खड्काले अबको २० महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको र सो अवधिभित्र सवस्टेसन र प्रसारण लाइन पनि सम्पन्न हुने बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको