Like us!
Follow us!
Connect us!
Watch us!

बुधबारदेखि बन्द भएको चिलिमे आयोजना पुनः सञ्चालनमा

विहीबार, २१ मंसिर २०७४, १४ : ५८ मा प्रकाशित

बुधबारदेखि बन्द भएको चिलिमे आयोजना पुनः सञ्चालनमा

अर्थ संसार, रसुवा– बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः सञ्चालनमा आएको छ ।

विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो ।

विद्युत् सञ्चालनमा ल्याउन काठमाडौँबाट प्राविधिक मगाइएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । विद्युत् उत्पादन पुनः शुरु भएपछि आज साँझदेखि शुरु हुने मतगणना कार्य सहज हुने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको