Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबारदेखि रिलायन्सको ४५ प्रतिशत हकप्रद सेयर खुल्दै, यहाँबाट आवेदन दिनुहोस्

विहीबार, २१ मंसिर २०७४, ०९ : १० मा प्रकाशित

शुक्रबारदेखि रिलायन्सको ४५ प्रतिशत हकप्रद सेयर खुल्दै, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं–  शुक्रबारदेखि रिलायन्स फाइनान्सको  ४५ प्रतिशत हकप्रद सेयर बिक्री खुला हुने भएको छ ।

रिलायन्सले १०ः४.५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २३ लाख ६ हजार ५७१.६० कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयर पुस २७ गतेसम्म भर्न पाइनेछ ।

मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्दैछ । लगानीकर्ताले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंबाट हकप्रद भर्न सक्नेछन् ।

त्यसैगरी, रिलायन्स फाइनान्सको उपत्यका भित्रका प्रदर्शनीमार्ग काठमाडौं र न्यूरोड शाखा तथा उपत्यका बाहिरका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

हाल यस फाइनान्सको चुक्ता पुँजी ५१ करोड २५ लाख ७१ हजार ४६८ रुपैयाँ छ । हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी ७४ करोड ३२ लाख २८ हजार ६२८ रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको