Like us!
Follow us!
Connect us!
Watch us!

चुनावपछि बुम बुम हुनेछ सेयर बजार

बुधबार, २० मंसिर २०७४, १४ : ०३ मा प्रकाशित

चुनावपछि बुम बुम हुनेछ सेयर बजार

अर्थ संसार, काठमाडौँ – धितोपत्र बजार अनेकतामा एकता जस्तो देखिएको छ । कुनै दिन घटने र कुनै दिन बढ्दै आएको बजार प्रभावित पार्ने तत्व क्रिायशलि छ । राजनीतिक लेपन लगाएर बजारलाई प्रभावित पार्ने तत्व क्रियाशिल हुँदा बजारमा अन्यौलता बढेको छ ।

संसारमा धेरै जसो धितोपत्र बजार स्वायक्त र स्वचालित हुन्छ । अमेरिका, बेलायत, हङकङ, दक्षिण कोरिया र भारतको समेत सेयर बजार स्वायक्त र स्वतन्त्र रुपमा चल्ने गरेको छ ।

राजनीतिक विषयले केही समय र कुनै सन्दर्भमा ती बजार प्रभावित हुने गरेपनि नेपालको जस्तो सधै अन्यौल र अराजकताको भूमरीमा फस्दैनन् । अमेरिकाको सेयर बजार सात सय ट्रिलियन डलरको रहेको छ ।

नेपालको बजारको अवस्था हेर्ने हो भने अमेरिकाको तुलनामा एक प्रतिशत पनि छैन । हुन त ठूलो अर्थतन्त्रको कुरा पनि गरिन्छ र भनिन्छ अमेरिकाको तुलनामा नेपालको बजार कसरी अगाडि बढ्न सक्छ ।

नेपालको सेयर बजार सधै अराजकता र अन्यौलताको भुमरीमा फस्ने गरेको तथ्य कोही कसैबाट छिपेको छैन । बजारलाई प्रभावित पार्न केही तत्वले वामगठन्धनको समेत हौवा फिजाएका छन् । एकाध मान्छेको हातमा नेपालको सेयर बजार रहने गरेको छ । उनीहरु राजनीतिक कारण देखाएरु आफूलाई फाइदा हुने भन्दा अरु काम गर्न तयार नै हुँदैनन् ।

 विगतमा एक प्रधानमन्त्रीले त सेयर बजारलाई जुवाको खालको रुपमा नै व्याख्या गरेका थिए । बजार प्रभावित पार्न चाहने तत्वलाई सोही घोषणाले पनि काम गरेको थियो । पछिल्लो पटक वाम गठन्धनको नाम दिएर वा नाम भिराएर पनि बजार प्रभावित पार्न खोजिएको छ ।

वास्तवमै लोतन्त्रवादी र राजनीतिक परिवर्तनकारी शक्ति भनेकौ वाम गठन्धन हो । नेकपा(एमाले) र माओवादी केन्द्र हो । तर यो तथ्यलाई भूलेर केही स्वार्थी समुहले सेयर बजार प्रभावित पार्ने साजिस गरेका छन् ।

जुन तथ्य भन्दा विल्कुल फरक छन् । ७० वर्षपछि नेपालको राजनीतिले स्थिरताको चरणमा प्रवेश गदैृछ । वामपन्थी गठन्धनले लगानीको वातावरण बनाउँदैछ । आर्थिक समृद्धिको युग सुरु हुँदैछ । नेपाली जनताको आगामी पाँच वर्ष भित्र वार्षिक प्रतिव्यक्ति आय पाँच लाख पुग्दैछ ।

नेपाली जनतालाई सधै गरिबी, अभाव र अराजकताको भूमरीमा राख्दै आएको काँग्रेसको युग सकिदैछ । काँग्रेसको युग सकिनु भनेको नेपालमा आर्थिक विकास र समुन्नतीको युग सुरु हुनु हो । आर्थिक समन्नुतीले नेपाली जनतालाई धनी मात्रै होइन, आर्थिक रुपमा सबल, सक्षम समेत बनाउनेछ ।

भ्रष्टाचारको अन्तय हुनेछ । जब आर्थिक अवस्था सुदृढ हुनेछ तब लगानीमा अवसर समेत वृद्धि हुनेछ । मानिससँग पैसा भएपछि लगानीका स्रोत र अवसरहरुमा समेत वृद्धि हुनेछ । लगानी गर्ने पैसा भएपछि सेयर बजार समेत वृद्धि हुनेछ । नयाँ नयाँ लगानीमा अवसर समेत थपिनेछ ।

 लगानीमा अवसर थपिएपछि त्यसले सकारात्मक प्रभाव पार्नेछ । सेयर विश्लेषकहरु भन्छन् नेपालको सेयर बजार चुनावपछि थप बुम बुम हुनेछ । बजार घट्ने होइन बढ्नेछ । बजार विस्तार हुनेछ । बजारलाई थप क्रियाशिल बनाउनेछ ।

त्यसो भए अब तपाई किन चिन्तित हुुनेछ । चिन्ता लिनु जरुरी छैन । चुनावपछि बजार बढ्नेछ । बजार विस्तार हुनेछ । बजार थप मजबूत हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको