Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन बिथोल्ने एक हजार नियन्त्रित

बुधबार, २० मंसिर २०७४, १२ : २७ मा प्रकाशित

निर्वाचन बिथोल्ने एक हजार नियन्त्रित

अर्थ संसार, काठमाडौँ– नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो । नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई नियन्त्रणमा लिइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपाने निर्र्वाचनलाई स्वच्छ र भयरहित बनाउँदै उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागेको बताउनुहुन्छ । “निर्वाचनका लागि हामीले बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोशाक टोलीलगायत रिजर्भ टोली खटाएका छौँ,”, उहाँले भन्नुभयो ।

नेपाल प्रहरीले निर्वाचनका देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ । प्रवक्ता न्यौपानेले पहिलो चरणमा निर्वाचन भएका जिल्लाबाट पनि दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा प्रहरी टोली खटाइसकेको जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको