शनिबार, ०१ पुष २०७४, १६ : ४४
सेयर बजार सुधारउन्मुख १.९ अंकले घटेको बजारमा ५७ करोडको कारोबार
मङ्गलबार, १९ मङि्सर २०७४

अर्थ संसार, काठमाडौं– हिजो (सोमबार) को तुलनामा आज (मंगलबार)  सेयर बजार सुधारउन्मुख देखिएको छ । हिजो झण्डै ११ अंकले घटेको  बजारमा आज १.९ अंकले घटेको छ । कारोबार रकममा पनि विस्तारै बृद्धि गएको छ ।

सामान्य अंकले घटेको बजारमा आज  ७५ करोड ७७ लाख ६४ हजार ४ सय २६ रुपैयाँको कारोबार भएको छ । जम्मा १ सय ६३ वटा कम्पनीको १० लाख ८२ हजार ३ सय ८ कित्ता सेयर खरिद भएको छ ।

आज नेप्समा उपसमूहमा विश्रित रंङ्ग पोतिएको छ ।   ट्रेडिङ ०.०९ अंक, इन्स्योरेन्स २७.४ अंक, उत्पादन ३.२२ अंक र माइक्रोफाइनानस ६.६१ अंकले घटेको छ ।

यता बैंक २.९ अंक, होटल १७.५७ अंक, फाइनान्स १.३९ अंक र अन्य २.८९ अंकले घटेको छ । घटेको बजारमा कमाउने  र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

© Arthasansar.com 2016, All Rights Reserved