Like us!
Follow us!
Connect us!
Watch us!

विज्ञहरुको रोस्टर तयार पार्दै नेप्से, सेयरमा काम गरिरहेकाले आवेदन दिन सक्ने

मंगलबार, १९ मंसिर २०७४, १४ : ०४ मा प्रकाशित

विज्ञहरुको रोस्टर तयार पार्दै नेप्से,  सेयरमा काम गरिरहेकाले आवेदन दिन सक्ने

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्चेन्जले सेयर बजारका विज्ञहरुलाई सूची दर्ता गर्न आग्रह गरेको छ ।

स्टकले एक सूचना प्रकाशित गरी विज्ञको सूचीमा दर्ता हुन आउन आग्रह गरेको हो । स्टकले विज्ञहरुको रोस्टर तयार पार्न त्यस्तो सूचना प्रकाशित गरेको हो ।

स्टकले यही मंसिर १५ गते एक सूचना प्रकाशित गरी आफ्नो विज्ञतासहितको सूची दर्ता गर्न अनुरोध गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आर्थिक वर्ष २०७४\०७५ मा सञ्चालन गर्ने विविध गतिविधिका लागि आवश्यक पर्ने विज्ञहरुको सूची तयार गरिरहेकोले ईच्छुक व्यक्ति तथा फर्मले आवश्यक कागजात सहित निवेदन दिन भनेको हो ।

स्टकले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र निवेदन पेश गर्न आग्रह गरेको हो । विज्ञ सम्बन्धी विवरण स्टकको बेवसाइटमा राखिएको स्टकले जनाएको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको