Like us!
Follow us!
Connect us!
Watch us!

घुस लिदा लिदै अख्यिारको फन्दामा कलंकी मालपोतका कर्मचारी

सोमबार, १८ मंसिर २०७४, १६ : १९ मा प्रकाशित

घुस लिदा लिदै अख्यिारको फन्दामा कलंकी मालपोतका कर्मचारी

अर्थ संसार, काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका दुई कर्मचारीलाई रु तीस हजार घुस लिदा लिदै पक्राउ गरेको छ ।

आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालकाअनुसार जग्गा हाल सापवक गरी जग्गा धनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बाहानामा घुस माग्दै गरेको अवस्थामा नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाई घुस रकमसहित आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीले कर्मचारीले घुस मागेको भन्ने सूचना आयोगका कर्मचारीलाई दिएका थिए । कानुनअनुसार जग्गा हाल साविक गरी जग्गाधनी प्रमाणपत्र दिनुपर्ने भएपनि नायब सुब्बाद्वय थापा र खनालले घुस मागेका थिए । घुस मिलाउन विचौलियाको काम गर्ने कपिलदेव खड्कालाई समेत आयोगको टोलीले पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस्

कम्पनी छानीछानी सेयर किन्नुहोस्, यी सात कम्पनीको सेयर बिक्री खुल्ला

बुढीगण्डकीमा लगानी गर्दै कर्मचारी सञ्चय कोष

नेप्सेमा २० लाख १७ हजार बराबर कित्ता सेयर सूचिकृत, कुन कम्पनीको कति ?

आजको सेयर बजार : १०.९ अंकले घटेको बजारमा ५४ करोडको कारोबार 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको