Like us!
Follow us!
Connect us!
Watch us!

नदीमा पानीको बहाव घटेसँगै मस्र्याङदीको विद्युत् उत्पादन पनि घट्यो

आइतबार, १७ मंसिर २०७४, १५ : ५७ मा प्रकाशित

नदीमा पानीको बहाव घटेसँगै मस्र्याङदीको विद्युत् उत्पादन पनि घट्यो

अर्थ संसार, काठमाडौँ - देशव्यापी रुपमा विद्युत् उत्पादन घट्दै गएको अवस्थामा लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रबाट पनि विद्युत् उत्पादन कम भएको छ ।

तोकिएको क्षमताभन्दा कम विद्युत् उत्पादन हुन थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

मस्र्याङ्दी नदीमा पानीको बहाव कम भएपछि परियोजनाले उत्पादन गर्दै आएको विद्युत्को क्षमतामा ह्रास आएको हो । विशेषगरी नदीमा जलप्रवाह कम भएकाले उत्पादन कम भएको हो ।

वर्षातको मौसममा कुल क्षमता भन्दा दुई मेगावाट बढी अर्थात् ७२ मेगावाट उत्पादन गर्ने आयोजनाले जलप्रवाहमा कमी आएका कारण उत्पादन घटेको हो ।

हाल उक्त  जलविद्युत् केन्द्रबाट दैनिक औसत ५० मेगावाट मात्रै उत्पादन हुने गरेको छ ।

मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रकाअनुसार केन्द्रमा राति र दिउँसो एउटा टर्बाइन बन्द गरी एउटा टर्बाइनबाट ३५ मेगावाट मात्रै उत्पादन  गर्ने गरिएको छ ।

 दिउँसो २ देखि ३ घन्टा र राति ३ देखि ४ घन्टाको समय एउटा मात्रै टर्बाइन सञ्चालन गरी पानी सञ्चित गरिएको छ ।

नदीमा  छिटो सुकेपछि बिजुली उत्पादन अघिल्ला वर्षहरूभन्दा कम हुने सम्भावना रहेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको