Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोशी सकिन लाग्यो, सवस्टेशनको छैन टुंगो

आइतबार, १७ मंसिर २०७४, १० : २१ मा प्रकाशित

माथिल्लो तामाकोशी सकिन लाग्यो, सवस्टेशनको छैन टुंगो

अर्थ संसार, काठमाडौँ - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको तीन वर्षपछि मात्रै न्यू खिम्ती सबस्टेशनको निर्माण सम्पन्न हुने भएको छ ।

माथिल्लो तामाकोशीलगायतका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडने तयारीका साथ निर्माण सुरु गर्न लागिएको उक्त सवस्टेशनको काम जग्गा प्राप्तिमा लामो समयसम्म अल्झदा अगाडि बढ्न सकेको थिएन ।

उक्त सवस्टेशनलाई विद्युत् हब बनाउने महत्वाकाक्षी  योजना अगाडि सारिएको थियो । तर जग्गा प्राप्तिमा नै लामो समयसम्म नेपाल विद्युत् प्राधिकरण अड्कन पुग्दा त्यसले कुनै पनि समाधान दिन सकेको थिएन । स्थानीयले उच्च मूल्य माग गरेपछि सबस्टेशन निर्माणको कामले गति लिन सकेको थिएन ।

सहित अघि बढाइएको न्यू–खिम्ती सब–स्टेसन निर्माणको काम ४ वर्षपछि सुरु भएको छ । स्थानीय समस्या समाधानपछि काम सुरु हुन लागेको हो ।

माथिल्लो तामाकोशीको विद्युत् जोड्ने लक्ष्यका साथ मिर्नाण गर्ने भनिएको सवस्टेशन नै सम्पन्न नभएपछि खिम्तीमा रहेको हिमाल पावरको सवस्टेशनबाट माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने वाध्यता आइलागेको छ । हाल सो सबस्टेशनमा भारतबाट आयात गरिएको विद्युत् समेत जोडेर काठमाडौँ ल्याइएको छ ।

ढल्केबर मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट आयात भएको विद्युत् समेत सोही सवस्टेशनबाट काठमाडौँ ल्याइएको छ । न्यू खिम्ती सवस्टेशन बनाउने तर्फ प्राधिरकणले समयमा नै ध्यान पु¥याउन नसक्दा माथिल्लो तामाकोशीको विद्युत् प्रवाहमा समस्या आउन सक्नेछ । हाल न्यू खिम्ती सबस्टेशनको माटो परिक्षणको काम भइरहेको छ । एक भारतीय ठेकेदारले उक्त सवस्टेशन निर्माणको जिम्मा पाएको छ ।

सबस्टेसनको काम आयोजनाले नै सुरु गरेको छ । काम सुरु नहुँदा तामाकोसीको विद्युत् खेर जाने सम्भावना थियो ।

रामेछापको साविक फुलासी गाविस वडा नं. १ साँखेमा २२०÷१३२ केभी क्षमताको सबस्टेसन निर्माण हुनेछ ।

लामो समयदेखि स्थानीयले जग्गाको मुआब्जा नबुझ्दा समस्या उत्पन्न भएको थियो । सबस्टेसनमा दोलखा, रामेछाप र ओखलढुंगामा निर्माण हुने आयोजनाका विद्युत् जोडिनेछ ।

 तामाकोसीबाट २०७५ पुससम्म विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको काम अब ८ प्रतिशत मात्रै बाँकी रहेको छ ।

माथिल्लो तामाकोशीको विद्युत् प्रसारण गर्न गोंगर–फुलासी ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको काम पनि तीव्ररूपमा भइरहेको छ । उक्त प्रसारण लाइन आगामी चैतसम्म निर्माण सम्पन्न हुनेछ ।

सबस्टेसन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण जग्गा उपलब्ध गराउने जिम्मेवारी थियो । ४ वर्षदेखि १३७ रोपनी जग्गा रोक्का राखेर जिल्ला प्रशासन कार्यालयले जग्गाको मूल्यांकनसहित सार्वजनिक सूचना समेत जारी गरेको थियो । तर स्थानीयले मुआब्जामा चित्त नबुझाएका कारण समस्या भएको थियो ।

तर लामो प्रयास र वार्तापछि मात्रै स्थानीयले गत वर्ष जग्गाको मुआब्जा बुझेका थिए । स्थानीय चलन चल्तीको मूल्य मिलाएर प्रतिरोपनी रु ५ लाखदेखि रु १२ लाख मुआब्जा दिइएको थियो ।

पाखोबारी रु ५ लाख, खेतीयोग्य जग्गाको रु  ७ लाख, फुलासी पोखरी जाने सडकछेउ जग्गा रु ८ लाख र मुख्य सडकछेउको जग्गाको मूल्य रु १२ लाख निर्धारण भएको थियो ।

दोलखा, रामेछाप, सोलुखुम्बु र ओखलढुंगामा बन्ने आयोजनाको विद्युत् पनि यही सस्टेसनमा जोडिनेछ । उक्त कोरिडोरमा सरकारी र नीजि क्षेत्रका गरी करिब तीन हजार मेगावाट विद्युत् निर्माणको विभिन्न क्रममा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको