Like us!
Follow us!
Connect us!
Watch us!

विकास बैंकको लाभांश : धेरैमा मितेरी, थोरैमा कन्काई

शुक्रबार, १५ मंसिर २०७४, ०८ : ०३ मा प्रकाशित

विकास बैंकको लाभांश : धेरैमा मितेरी, थोरैमा कन्काई

अर्थ संसार, काठमाडौं– काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्नेक्रम जारी छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ३७ विकास बैंकमध्ये १५ कम्पनीले गतवर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् भने २ बैंकले साधारणसभामार्फत पारित समेत गराइसकेका छन् ।

टुरिजम डेभलपमेण्ट बैंकले  मङ्सिर ४ गते सम्पन्न साधारण सभाबाट आव २०७२र७३ को नाफाको आधारमा  १७ करोड १० लाख ७७ हजार ५ सयबराबरको बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ ।

यस्तै कामना सेवा विकास बैंकको कात्तिक १ गते सम्पन्न विशेष साधारणसभाले १० बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित लाभांश घोषणा गरेका १५ कम्पनीमध्ये कैलाश विकास बैंक र एक्सेल डेभलपमेण्ट बैंकले साधारणसभाको मितिसमेत तय गरिसकेका छन् ।

उक्त प्रस्ताव पारितका लागि कैलाश विकास बैंकले मङ्सिर १५ र एक्सेल डेभलपमेण्ट बैंकले मङ्सिर १७ गते साधारणसभा बोलाएका छन् ।

राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि साधारणसभामा पारितका लागि ती दुवै विकास बैंकले बोनसको प्रस्ताव पेश गर्न लागेका हुन् ।

प्रस्तावित बोनस सेयरमध्ये सबैभन्दा बढी यस वर्ष मितेरी डेभलपमेण्ट बैंकले दिने घोषणा गरेको छ । मितेरीले गतवर्षको नाफाबाट ३१ दशमलव ४८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १ दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

गतवर्ष रू। १२ करोड ११ लाख ६० हजार नाफा कमाएको यस बैंकले पूँजी वृद्धिका लागि यस वर्ष आकर्षक लाभांश वितरण गर्न लागेको जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद ओस्तीले विगतदेखि वर्तमानसम्म हरेक वर्ष नाफा वितरणको अवस्थामा बढेको बताउँदै यस वर्ष पूँजी वृद्धिका लागि केही बढी नै दिन लागेको जानकारी दिए ।

उनका अनुसार राष्ट्र बैंकको निर्देशनमा मितेरीले पुस मसान्तभित्र  ५० करोड चुक्तापूँजी पुर्याउनु पर्नेछ । हाल मितेरीको चुक्तापूँजी  ३८ करोड २ लाख ९३ हजार रहेको छ ।

यस वर्ष एक्सेल डेभलपमेण्टले पनि आकर्षक प्रतिफलको घोषणा गरेको छ । ३० दशमलव १२ प्रतिशत बोनस सेयर र १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकले गतवर्ष  १५ करोड २६ लाख ७४ हजार नाफा आर्जन गरेको थियो । हाल यस बैंकको  ३८ करोड ४५ लाख ६२ हजार चुक्तापूँजी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको