Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी बैंक र गरिबी निवारण कोषबीच सम्झौता

विहीबार, १४ मंसिर २०७४, २१ : १० मा प्रकाशित

सहकारी बैंक र गरिबी निवारण कोषबीच सम्झौता

अर्थ संसार, काठमाडौँ– राष्ट्रिय सहकारी बैंक लिमिटेड र गरिबी निवारण कोषबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्ध सञ्चालक केवी उप्रेती र गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कोषअन्तर्गत गठन भएका सामुदायिक संस्थाका सदस्य सम्मिलित २५ जिल्लामा गठन भएका ४२५ सहकारी र चालु आवमा गठन गरिने अन्य सहकारीलाई विभिन्न किसिमका क्षमता विकास तालीमको साथै बचत, कर्जा र पूँजी परिचालन गर्न सहयोग गरिने बताइएको छ ।

सहकारीलाई व्यवसायीकरण तथा पेशागत एवं वित्तीय व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले भएको यो समझदारीले गरिब तथा विपन्न वर्गलाई बैंकिङ क्षेत्रको थोक कर्जासहित बचत, पुँजी परिचालन एवं अन्य बैंकिङ सेवाको पहुँचमा सहयोग पुग्ने आशा गरिएको राष्ट्रिय सहकारी बैंक लिका प्रबन्ध सञ्चालक केवी उप्रेतीले बताउनुभयो ।

समझदारीले ग्रामीण अर्थतन्त्र विकास तथा उद्यमको संस्थागत विकासले लक्षित घरपरिवारलाई गरिबीको चक्रबाट माथि उठाउन भरपर्दो आधार तयार गर्ने कोषका कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो ।

कोषका सहयोगमा ५८ जिल्लामा ३२ हजार सामुदायिक संस्था गठन भएका छन् भने नौ लाख गरिब घरपरिवार कोषका कार्यक्रमबाट लाभान्वित भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको