Like us!
Follow us!
Connect us!
Watch us!

भुजिया उद्योगमा आगलागी, रु १० लाखको क्षति

विहीबार, १४ मंसिर २०७४, २१ : ०६ मा प्रकाशित

भुजिया उद्योगमा आगलागी, रु १० लाखको क्षति

अर्थ संसार, दमक– झापा दमकस्थित एक भुजिया उद्योगमा आज अपराह्न आगलागी हुदाँ करिब रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।

दमक–६ स्थित भगवती भुजिया उद्योगमा विद्युत् चुहावट भएर लागेको आगलागीबाट उद्योगमा उत्पादित सामग्री तथा कच्चा पदार्थ नष्ट भएको उद्योग सञ्चालक टीका थापाले बताउनुभयो ।

दमक नगरपालिकाको दुई वटा वारुणयन्त्र र गौरादहको एक वारुणयन्त्रसहित स्थानीयबासीको सहयोगमा एक घण्टा लगाएर आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको