Like us!
Follow us!
Connect us!
Watch us!

‘सेयर अहिले जसरी बढेको छ, निर्वाचनपछि त्यसरी नै घट्दै छ’ भुवन पौडेलको एक विश्लेषण

विहीबार, १४ मंसिर २०७४, ०८ : ३२ मा प्रकाशित

‘सेयर अहिले जसरी बढेको छ, निर्वाचनपछि त्यसरी नै घट्दै छ’  भुवन पौडेलको एक विश्लेषण

मुलुकमा हुने निर्वाचनले सरकार मात्र होइन सेयर बजार पनि तलमाथि हुने गरेको पाइएको छ । तर, हरेक निर्वाचनका बेला सेयर बजार परिसूचक बढे पनि चुनावपछिका दिनमा भने उत्तिकै मात्रामा घटेको पनि छ ।

यसअघिका चार निर्वाचनमा हरेक पटक सेयर बजार परिसूचकले नयाँ उचाइ लिएको छ । चुनावी प्रभावले सेयर बजारमा बनाएको नयाँ उचाइ लामो समय भने टिकेको देखिँदैन ।

चुनावका कारणले बढेको बजार चुनावी प्रभाव सकिएसँगै उत्तिकै गतिमा घट्ने गरेको पाइन्छ । सन १९९४ देखि २०१३ सम्म ४ पटक निर्वाचन भएको छ ।

सो अवधिमा औसतमा सेयर बजार परिसूचक ८८.७५ प्रतिशतले बढेको छ । तर, चुनावको प्रभाव सकिएपछि त्यो वृद्धि औसतमा ७६.२५ प्रतिशतले घटेको छ ।
चुनावको समयमा सेयर बजार समान्यतया बढ्ने गरेको नेपाल सेयर हबका प्रमुख कार्यकारी अधिकृत नारायण देशारले बताए । “चुनावको प्रभावका कारण बढेको बजार ९०

प्रतिशतसम्म झरेको छ,” उनले भने, “सन् २०१३ को संविधानसभा निर्वाचनमा सेयर बजार २५ प्रतिशतले मात्र बढे पनि नयाँ उचाइ बनाएको थियो ।” अन्तर्राष्ट्रिय रूपमा पनि निर्वाचनका कारण बजार उच्च दरमा परिवर्तन हुने गरेको उनको भनाइ छ ।

कुनै एक कुरालाइ मात्र आधार बनाएर सेयर बजारको अवस्था हेर्दा भन्दा पनि समग्र अर्थतन्त्रका गतिविधि र बजारको चक्रलाई पनि हेर्नुपर्ने सीएफए हेमन्त बस्यालले बताए । चुनावको प्रभावका कारण सेयर बजार ८८ प्रतिशतले बढ्नु भनेको सेयर लगानीकर्ताले चुनावी परिणाम के हुने भन्ने अनुमानले बढी अपेक्षा गर्दा परिसूचकमा उतारचढाव हुने गरेको उनले बताए ।

चुनाव भइसकेपछि तात्विक फरक नहुने भए पनि बजार घट्ने बताउदै बस्यालले भने, “चुनावमा हुने अनौपचारिक कारोबार पनि चुनावपछि औपचारिक अर्थतन्त्रमा आउने भएकाले त्यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ ।” अन्तर्राष्ट्रिय रूपमा नै कुनै पछि घटनालाई आधार बनाएर लगानीकर्ताले ओभर रियाक्ट गर्ने गरेको उनको बिश्लेयषण रहेको छ ।

सन् १९९४ को निर्वाचनमा सेयर बजार परिसूचक २७० अंकमा पुगेको थियो । सो चुनावपछि नेपाल स्टक एक्सचेन्ज९नेप्से० परिसूचक १८० अंकमा झरेको देखिन्छ । २००० मा भएको निर्वाचनमा सेयर बजार बढेर ५४५ को उचाइमा पुगेको छ ।

चुनावी प्रभाव सकिएपछि घट्न थालेको नेप्से परिसूचक २ सयसम्म झरेको छ । त्यसैगरी २००८ मा नेप्से परिसूचक ११७५ अंकमा पुगेको छ । त्यो अवधिमा संविधानसभाको पहिलो निर्वाचनको प्रभावसँगै बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गरेर २ अर्ब पुर्याउने नेपाल राष्ट्र बैंकको नीतिले पनि बजारले नयाँ उचाइ बनाएको थियो ।

तर, त्यो प्रभाव सकिएपछि घट्न थालेको नेप्से परिसूचक २९२ अंकमा झरेको थियो ।
२०१३ मा निर्वाचनको प्रभावलाई आधार बनाएर सेयर बजार १०८० अंकमा पुगेको थियो । तर, निर्वाचनको नतिजापछि घटेर ८५० मा झरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ४ गुणासम्म बढाउने नीति लिएपछि सेयर बजार परिसूचकले हालसम्मकै उच्च १८८० अंकमा पुगेको थियो । पछिल्लो समयमा निरन्तर घटेको सेयर बजार गत सातादेखि वढ्न थालेको छ ।

१४ सयको हाराहारीमा झरेको सेयर बजार पछिल्ला दिनमा वढेर बुधबार १५३६ अंकमा पुगेको छ ।

सन् १९९४ को चुनावले नेप्से परिसूचक ८० प्रतिशतले वढेको थियो । तर, चुनावी प्रभाव सकिएपछि नेप्से परिसूच्कमा आएको सुधार ९० प्रतिशतले घटेको थियो । त्यसैगरी १९९९ को निर्वाचन समयमा १५० प्रतिशतले वढेको नेप्से परिसूचक निर्वाचन प्रभावपछि बढेको अंकमा ९० प्रतिशतकै गिरावट आएको थियो ।

२००८ को निर्वाचनमा ६० प्रतिशतले बढेको भए पनि घट्न थालेपछि शतप्रतिशतले नै घटेको आजको कारोबारमा समाचार छ ।  त्यसैगरी २०१३ को निर्वाचनमा ६५ प्रतिशतले बढेको नेप्से २५ प्रतिशतले मात्र घटेको थियो । यो अवधिमा चुनावका कारण आएको सुधारमा २५ प्रतिशतको मात्र गिरावट आएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको