Like us!
Follow us!
Connect us!
Watch us!

बिना अनुमति हज यात्रामा आए कारवाही गर्ने साउदी अरेबियाको चेतावनी

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, ०८ : ४५ मा प्रकाशित

बिना अनुमति हज यात्रामा आए कारवाही गर्ने साउदी अरेबियाको चेतावनी

साउदी अरेबियाको गृह मन्त्रालयले जुन २ बाट सुरु हुन लागेको हज यात्रालाई लिएर चेतावनी जारी गरेको छ ।

गृहमन्त्रालयले हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना गरिने जनाएको छ । 

गृहमन्त्रालयका अनुसार अनुमतिबिना हज गर्नु गैरकानुनी मानिने र हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ ।

नियम उल्लङ्घन गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्ध लगाइनेछ । सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाउने जनाएको छ ।

यो निर्णय जुन २ देखि जुन २० सम्म लागू हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको