अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेका कित्ताका लागि माग गरिएका सिलबन्द बोलपत्रहरु आज खुला गरिँदै छ ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज काठमाडौंस्थित कार्यालयमा ८ बजेदेखि बोलपत्रहरु खोल्ने कार्यक्रम गरिरहेको छ । उक्त कार्यक्रम क्यापिटलको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण पनि भइरहेको छ । अवितरित हकप्रदमा सिलबन्द बोलपत्रमार्फत वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म आवेदन संकलन गरिएको थियो ।
अरुण भ्याली हाइड्रोले १:१ अनुपातमा फागुन १७ गतेदेखी चैत ७ गतेसम्म कुल १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा रितपूर्वक आवेदन परेका १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको थियो ।
त्यसबाहेक बाकिँ १९ लाख ९२ हजार एक सय ३४ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्री हुन लागेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस