Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडिसिएलको नाफा ७.९२%ले बढ्यो, जगेडा कोषमा २.७९ करोडको सञ्चिति

अर्थ संसार

बुधबार, २६ बैशाख २०८१, ०७ : ४६ मा प्रकाशित

एचआईडिसिएलको नाफा ७.९२%ले बढ्यो, जगेडा कोषमा २.७९ करोडको सञ्चिति

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बढ्यो ७.९२ प्रतिशतले नाफा 

एचआईडिसिएलले गत आर्थिक वर्षको तुलनामा ८ करोड धेरै नाफा कमाएको छ। यस चालु आर्थिक वर्षको चैत्र मसान्त सम्म कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो। यो ७.९२ प्रतिशत बढेको हो। 

कसरी बढ्यो नाफा ?

कम्पनीको समिक्षा समीक्षा अवधिमा नाफा बढ्नुको कारण कम्पनीको सम्झौताबाट हुने आम्दानी बढ्नु हो।  कम्पनीको सम्झौताबाट भएको आम्दानी ६२.६८ प्रतिशतले बढेको छ। 

यस पटक कम्पनीको अन्य आम्दानी पनि बढेको छ। कम्पनीले अन्य आम्दानीबाट १ करोड ८६ लाख रुपैयाँ कमाएको छ।

प्रति सेयर आम्दानी 
६ रुपैयाँ ३८ पैसा ( १८ पैसा बढ्यो )

प्रति सेयर नेटवर्थ
११२ रुपैयाँ २९ पैसा 

मूल्य आम्दानी अनुपात
२६.२२ गुणा

चुक्ता पूँजी
२२ अर्ब ७७ लाख रुपैयाँ

जगेडा कोष
२ अर्ब ७९ करोड रुपैयाँको सञ्चिति

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको