Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य अंकको वृद्धी,कारोबार रकम २ अर्बमा सिमित

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, १५ : २१ मा प्रकाशित

सेयर बजारमा सामान्य अंकको वृद्धी,कारोबार रकम २ अर्बमा सिमित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले बढेर बन्द भएको छ । 

अघिल्लो कारोबार दिन १५.६२ अंकले घटेको नेप्से परिसूचक आज भने २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा पुगेर बन्द भएको हो । त्यसैगरी, आज १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
 
नेप्से बढ्दा कुन कम्पनीले कति कमाए ?

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयर कारोबार भएको छ । आज ८ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको ५ करोड १७ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् । समता घरेलु लघुवित्तका लगानीकर्ताले ७.४६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल तराईका लगानीकर्ता रहेका छन् । आज बोटलर्स नेपालका लगानीकर्ताले ६.२३ प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको