Like us!
Follow us!
Connect us!
Watch us!

रेसुङ्गा विमानस्थल र कालीगण्डकी करिडोर मुख्य चुनावी मुद्दा

मंगलबार, १२ मंसिर २०७४, ११ : ०८ मा प्रकाशित

रेसुङ्गा विमानस्थल र कालीगण्डकी करिडोर मुख्य चुनावी मुद्दा

 प्रकाश सिलवाल

अर्थ संसार, तम्घास, गुल्मी– सर्वेक्षण भएको डेढ दशकसम्म उडान शुरु नभएकोे रेसुङ्गा विमानस्थल र जिल्लाको लाइफलाइनसँग जोडिएको कालीगण्डकी करिडोर निर्माण गुल्मीका मुख्य चुनावी मुद्दा बनेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य दलले विमानस्थल र करिडोरका साथै तानसेन–रिडी–तम्घास सडक तथा रिडी–रुद्रवेणी– वामीटक्सार सडक कालोपत्र, शिक्षा, स्वास्थ्य र खानेपानी योजना तथा जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने योजना अघि सारेका छन् । पूर्वाधार, पर्यटन, कृषि, मानव संशाधन र सामाजिक विकासलाई सबै उम्मेदवारले उठाएका छन् ।

वाम गठबन्धनले एक वर्षभित्र प्रत्येक जिल्लाका सबै वडा तहमा सडक बाटो लाने, बिजुली, खानेपानी सेवा उपलब्ध गराउने, खरका छानोबाट जनतालाई मुक्त बनाउने, वृद्धभत्तालाई मासिक रु पाँच हजार पु¥याउने घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको क्षेत्र नं १ मा एमालेका सचिव प्रदीप ज्ञवालीले रेसुङ्गा विमानस्थलको निर्माण कार्य आफूले शुरु गरे पनि पछिल्लो समयमा बजेट कटौतीमा परेर ओझेल परेको जनाउँदै आउँदो वैशाखभित्र परीक्षण उडान शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले विमानस्थलका लागि बजेट निरन्तर राखिएको दाबी गर्नुभएको छ ।

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा छ तर स्थानीय तहको निर्वाचनको मत परिणामले वाम गठबन्धन उत्साहित देखिन्छन् ।

प्रतिनिधिसभाको क्षेत्र नं २ मा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री गोकर्णराज विष्ट र काँग्रेसका पूर्व जिविस सभापति चन्द्रबहादुर केसीबीच मुख्य प्रतिस्पर्धा छ । सचिव विष्ट आफूसँग कसैको प्रतिस्पर्धा नभए पनि जनतासँग प्रत्यक्ष भेट्न र उनीहरुका कुरा सुन्नका लागि घरदैलोमा रहेको बताउनुहुन्छ भने काँग्रेसका उम्मेदवार केसी लोकतन्त्र र समृद्धिका लागि आफू विजयी हुनुपर्ने जिकिर गर्नुहुन्छ ।

जिल्लामा क्षेत्र नं १ को प्रदेशसभामा वाम गठबन्धनबाट सुदर्शन बराल र कमलराज श्रेष्ठ तथा काँग्रेसबाट पृथ्वी फौजदार र धनेन्द्र कार्की प्रतिस्पर्धामा हुनुहुन्छ । क्षेत्र नं २ को प्रदेशसभामा गठबन्धनबाट खड्गबहादुर खत्री र दिनेश पन्थी तथा काँग्रेसबाट शालिक पन्थी र छन्द पहराई उम्मेदवार हुनुहुन्छ । जिल्लामा स्वतन्त्रसहित नौ दलले गरी ५२ उम्मेदवारी दिएका छन् । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको