Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानी बढेपनि तेह्रथुम पावर घाटामा

अर्थ संसार

मंगलबार, २५ बैशाख २०८१, ०७ : ५८ मा प्रकाशित

विद्युत बिक्रीको आम्दानी बढेपनि तेह्रथुम पावर घाटामा

तेह्रथुम पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी बढेसँगै हाइड्रोको घाटामा भने केही कमी भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद घाटामा गिरावट भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद घाटा १ करोड ९६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा दुई करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट १० करोड २४ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ९ करोड ६८ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट १ करोड २३ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ५ करोड २४ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब १०.०२ प्रतिशतले बढेको हो ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् २ करोड ४३ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल ७ करोड ७३ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ८ करोड २ लाख रुपैयाँ वित्तीय खर्च तिरेको थियो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा १ करोड ९६ लाख ५३ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रति सेयर आम्दानी

(६.५५) रुपैयाँ

मूल्य आम्दानी अनुपात

० (अन्तिम मूल्य ५२५ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

५९ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको