Like us!
Follow us!
Connect us!
Watch us!

जनकपुरमा बन्दुक देखाई ८० लाख रुपैयाँ लुटियो

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, १३ : ४२ मा प्रकाशित

जनकपुरमा बन्दुक देखाई ८० लाख रुपैयाँ लुटियो

जनकपुरमा पेस्तोल देखाई सहकारीका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।

जनकपुरधामस्थित शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई धम्क्याएर रकम लुटिएको हो । दुई जनाको समूहमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले जनकपुरधाम उपमहानगरपालिका-१९ बाट महतोको साथमा रहेको रकम लुटेका हुन् ।

महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेको जनाइएको छ । घटना बारे थप अनुसन्धान तथा लुटेराको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको