Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ दुई कारण जसले बढायो मिथिला लघुवित्तको नाफा,ईपीएस पुग्यो २०

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, ०८ : ०१ मा प्रकाशित

यस्तो छ दुई कारण जसले बढायो मिथिला लघुवित्तको नाफा,ईपीएस पुग्यो २०

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

बढ्यो खुद नाफा 

मिथिला लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षको पहिलो नौ महिनामा आफ्नो खुद नाफा बढाएको छ।  पहिलो नौ महिनामा लघुवित्तले ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो। यो नाफा ४१.५१ प्रतिशत बढेको हो। 

कसरी बढ्यो नाफा?

कारण १ : बढ्यो खुद ब्याज आम्दानी

मिथिला लघुवित्तको नाफा बढ्नुको पहिलो कारण खुद ब्याज आम्दानी बढाउनु हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.५३ प्रतिशत बढेको छ। संस्थाले ९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।  

कारण २ : खराब कर्जा घट्यो 

संस्थाको खराब कर्जा अनुपातमा घटेको छ । यो आर्थिक वर्षको चैत सम्म लघुवित्तको खराब कर्जा ३.९० प्रतिशतमा सीमित बनेको छ ।  गत आर्थिक वर्षको यहि अवधिमा खराब कर्जा ४.९४ प्रतिशत रहेको थियो। 
 अरु सूचक 

प्रति सेयर आम्दानी
२० रुपैयाँ ४४ पैसा (३ रुपैयाँ ८३ पैसा बढ्यो) 

मूल्य आम्दानी अनुपात
४८.९१ गुणा

प्रति सेयर नेटवर्थ
१६९ रुपैयाँ ४१ पैसा

चुक्ता पूँजी
१९ करोड ६० लाख रुपैयाँ

जगेडा कोष
१३ करोड ६० लाख रुपैयाँ सञ्चित

तरलता अनुपात
९.८१ प्रतिशत

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको