Like us!
Follow us!
Connect us!
Watch us!

जापानी विदेशमन्त्री काठमाडौंमा

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, १३ : ०१ मा प्रकाशित

जापानी विदेशमन्त्री काठमाडौंमा

जापानका विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेका छन् । एक दिने भ्रमणको क्रममा उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी हुन् ।

जापानी विदेशमन्त्री योकोलाई विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी छन्। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल भ्रमणमा आएकी हुन्।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले आजै परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा उनले काठमाडौं दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्ने भएकी छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको