Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धिजीवीको कोणबाट वाम एकता र आगामि निर्वाचन

शनिबार, ०९ मंसिर २०७४, ०५ : ०८ मा प्रकाशित

बुद्धिजीवीको कोणबाट वाम एकता र आगामि निर्वाचन

  • नेपाली जनताले मुलुकमा लोकतन्त्र, शान्ति, मानवअधिकार, विकास र समृद्धिका लागि सङ्घर्ष गरेको परिणाम स्वरूप, राजनीतिक अधिकार सहितको गणतन्त्रात्मक शासन व्यवस्थाको आरम्भ भएको छ । अब मुलुकमा आर्थिक–सामाजिक क्रान्ति गरेर प्रत्येक नेपाली जनताको जीवनस्तरमा वृद्धि गर्दै उनीहरूको जीवनमा खुसियाली ल्याउन तथा जनताप्रति जवाफदेही हुने, विकास र समृद्धिको योजना सहितको सुशासनका मूल्यमान्यता अनुरूप सरकार सञ्चालन गर्नसक्ने राजनीतिक दलका उम्मेदवारहरुलाई विजयी गराउन सकियो भने मात्र मुलुकमा सुशासन र समृद्धिको यात्रा सुरु हुनेछ । अतह यही मंसिर १० र २१ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्न प्रतिनिधि सभा (केन्द्र) र प्रदेश सभाको हुने निर्वाचनमा । राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता, सुशासन, समृद्धि र समाजवादको आधार निर्माणका लागि   वाम उम्मेदवारलाई विजयी गराई वामपन्थीहरुको सरकार गठन गर्न आवश्यक छ ।

  •    नेपालमा भएको राजनीतिक परिवर्तन पश्चात् विगतमा नेपाली कांग्रेसले बहुमत हासिल गरी पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पाए पनि उसले अवलम्बन गेरेको छाडा पूँजीवादी एवं नवउदारवादी अर्थनीतिले गर्दा मुलुकमा गरिबी, बेरोजगारी, आर्थिक असमानता र भ्रष्टाचार घट्नुको सट्टा झन बढेर गएको छ । उसले उत्पादन  र रोजगारी बढाउने गरी उद्योगहरु सञ्चालन गर्ने नीति लिनुको सट्टा भएका सरकारी संस्थान र उद्योगहरु निजीकरणका नाममा मोटो रकम कमिसन लिएर कौडीको मूल्यमा बिक्रीवितरण गर्ने जस्तो राष्ट्रघाती काम गरेकाले आज मुलुक आर्थिक रुपमा धरासायी बनेको छ ।  देशभित्र रोजगारीका अवसर नहँुदा ४० लाख भन्दा बढी युवायुवतीहरु विदेशिन बाध्य भएका छन् । उसका गलत नीतिका कारण जनताले शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी र यातायात जस्ता आधारभूत सेवा र सुविधा सहज, सरल र सुपथ रुपमा पाउन सकेका छैनन् । उसले सुशासनका मूल्यमान्यता अनुसार सरकार सञ्चालन नगर्दा नेपाली राजनीतिमा विकृति, विसङ्गति र मूल्यहीनता बढेर गएको छर्लङ्ग नै छ ।    

  •   नेपालका वामपन्थीहरूले नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएदेखि नै न्याय र समतामूलक समाजको स्थापनाका लागि लोकतान्त्रिक आन्दोलनमा नेतृत्व र सङ्घर्ष गर्दै आएको परिणाम स्वरुप मुलुकमा युगान्तकारी परिवर्तन सम्भव भएको हो । साथै जनतालाई अधिकार सम्पन्न बनाउँदै समृद्धि र समाजवादको बाटोतर्फ उन्मुख संविधान निर्माण गर्न पनि वामपन्थीहरुको महत्त्वपूर्ण भूमिका रहेको छ तर वामपन्थी शक्ति एकआपसमा विभाजित हुँदा देशमा अधिकांश समय वुर्जुवा पुँजीवादी शक्ति सत्तामा हावी भएकाले पनि मुलुकको विकास पछाडि धकेलिएको  हो । यस बिचमा वामपन्थी दलहरुले थोरै समय भए पनि अल्पमतको सरकार सञ्चालन गर्ने अवसर पाउँदा गरेका सुशासन, समृद्धि र लोककल्याणकारी कार्यक्रमहरुबाट देश र जनताले थोरै भए पनि राहत महसुस गर्न पाएको तथ्य सर्वविदितै छ । यसका साथै वामपन्थी दलहरुले विगतमा राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता  र सामाजिक सद्भाव कायम गर्न गरेका प्रयत्नहरु उल्लेखनीय छन् । यस बिचमा देशका दुई ठुला वामपन्थी दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा गठबन्धन निर्माण भई निर्वाचनमा साझा उम्मेदवार खडा गर्ने र पार्टी एकीकरण गर्ने सम्मको जुन घोषणा भएको छ यो स्वागत योग्य छ । यसले जनतामा उत्साहको सञ्चार गरेको छ तर नेपाली कांग्रेस लगायतका बुर्जुवा शक्तिहरु यसबाट आत्तिएर यस कुराको गलत व्याख्या गरी दुस्प्रचार गरिरहेका छन् । संविधान निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका वामपन्थी पार्टीप्रतिको यो अनर्गल प्रचार र कोकोहोलो उनीहरुको पराजित मनस्थितिको उपज मात्र हो ।

  

  •    अब पनि यो मुलुकमा सधैँभरि कुशासन, राजनीतिक अस्थिरता, अविकास, गरिबी र बेरोजगारी रहिरहने हो भने मुलुकको अस्तित्व रहँदैन र परिवर्तनबाट प्राप्त भएका उपलब्धिको पनि संरक्षण हुन सक्दैन । यसकारण संविधानको रक्षा र कार्यान्वयन तथा राष्ट्रियताको संरक्षण गर्दै समानता र पारस्परिक लाभका आधारमा सन्तुलित वैदेशिक सम्बन्ध कायम गर्न एवं स्थिर सरकार, दिगो विकास र राजनीतिक स्थायित्वका निम्ति वामगठबन्धनका उम्मेदबारहरुलाई मतदान गरी विजयी गराउनु आजको आवश्यकता बनेको छ ।

  •   राजनीतिक क्रान्ति सम्पन्न गर्न जसरी वामपन्थीहरूले वैचारिक नेतृत्व र पहलकदमी गरे त्यसरी नै मुलुकमा आर्थिक–सामाजिक एवं सांस्कृतिक क्रान्ति गरेर समृद्ध, न्याय र समतामूलक समाज निर्माण गर्नका लागि वामपन्थी पार्टीहरूका बिचमा खँदिलो र उन्नत स्तरको एकता सहितको वृहत् कम्युनिस्ट पार्टी निर्माण गर्न र नेपाली राजनीतिमा हुर्किरहेको विकृति, विसङ्गति र मूल्यहीनतालाई अन्त्य गरी जनताप्रति जवाफदेही हुने राजनीतिक संस्कारको निर्माणका लागि वामबुद्धिजीवीहरूका तर्फबाट निरन्तर दवाव र खबरदारी गर्न उत्तिकै जरुछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको