Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक लगानी र निजी क्षेत्रलाई प्रोत्साहन

शुक्रबार, ०८ मंसिर २०७४, ०८ : ४९ मा प्रकाशित

वैदेशिक लगानी र निजी क्षेत्रलाई प्रोत्साहन

अर्थ संसार, काठमाडौं– राष्ट्रिय जनता पार्टीले नेपालले आधुनिक सहर, युवालाई ऋणदेखि फ्रि इन्टरनेटसम्म समेटेर घोषणापत्र सार्वजनिक गरेको छ । आधुनिक सहर निर्माण गर्नेदेखि फ्रि इन्टरनेटको व्यवस्था गर्ने विषय घोषणापत्रमा प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

सहज आवागमन र सरसामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई–मधेस लोकमार्ग नामाकरण गर्दै यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण गर्ने राजपाको योजना छ ।

जनकपुर अन्तर्राष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दू केन्द्रलाई प्राथमिकता दिँदै जनकपुरको बृहत् र चौतर्फी विकासका लागि दक्ष र अनुभवी विशेषज्ञहरूको सहयोगमा आधुनिक गुरुयोजना तयार गरिने घोषणापत्रमा उल्लेख छ ।

विराटनगर, भैरहवा र नेपालगञ्ज नेपालको आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै राजपा नेपालले निर्वाध विद्युत आपूर्ति, औद्योगिक विकासको व्यवस्थापन, औद्योगिक सडकको निर्माण एवं स्तरोन्नति, श्रमिक विकास, प्राविधिक प्रशिक्षण र राजनीतिक हस्तक्षेपको समाप्ति गर्ने जनाएको छ ।

सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएका वा गुणस्तरीय नभएका ठाउँहरूमा सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने, सरकारी र सार्वजनिक रुपमा सञ्चालित माध्यमिक, उच्च माध्यमिक एवं व्यावसायिक शिक्षा केन्द्रहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने राजपाको घोषणा छ ।

हरेक वर्ष तराई–मधेसको समथर मैदानमा आउने बाढीको स्थायी समाधानका लागि वैज्ञानिक योजना बनाएर बाँध र कल्भर्ट निर्माण गर्ने योजना पार्टीको छ ।

राजपाले आफ्नो घोषणापत्रमा वैदेशिक लगानी आकर्षण र निजी क्षेत्रलाई प्रोत्साहित गर्ने जनाएको छ । राजपाले आफ्नो घोषणापत्रमै प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने घोषणा गरेको छ ।

राजपाले नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दति खाता खोल्ने घोषणा गरेको छ । सो खाताका लागि १० हजार रुपैयाँ अनुदान दिने राजपाको घोषणा छ । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको