Like us!
Follow us!
Connect us!
Watch us!

एन बी इन्स्इोरेन्सको सेयर किन्दा फाइदा कि नोक्सान ? एक विश्लेषण

शुक्रबार, ०८ मंसिर २०७४, ०७ : ५७ मा प्रकाशित

एन बी इन्स्इोरेन्सको सेयर किन्दा फाइदा कि नोक्सान ? एक विश्लेषण

व्यवस्थापन समूह :
अध्यक्ष : हेम राज ढकाल
प्रमुख कार्यकारी अधिकृत : यूगेशभक्त वादे श्रेष्ठ
प्रधान कार्यालय : नक्साल, काठमाडौं
शाखा : २५
वेबसाइट : nbinsurance.com.np
स्टक टिकर : एनबीआइएल

विगत पाँच वर्षको प्रमुुख वित्तीय परिसूचकहरु (रू. हजारमा)  :-

कम्पनीको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा) :-

आधारभूत विश्लेषण :-  

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :   

  • चुक्तापूँजीको तुलनामा खुद नाफा ४ दशमलव ५४ प्रतिशतबाट बढेर करीब ४ दशमलव ७३ प्रतिशत पुगेको छ । दीर्घकालिक लगानी तथा कर्जा यो त्रैमासमा २६ प्रतिशतले बढेर रू. १५ करोड २९ लाख पुगेको छ । 

  • कम्पनीको खुद चालू सम्पत्ति रू. ४९ करोड ८७ लाख १६ हजार पुगेको छ । कम्पनीको खुद चालू सम्पत्ति पहिलो त्रैमासमा ५ सय ३ प्रतिशतले वृद्धि देखिएको हो ।

  • कम्पनीको आय रू. ३२ करोड ८० लाख ५६ हजार र व्यय रू. २९ करोड ३० लाख ८३ हजार छ ।

  • कम्पनीको जारी बीमालेखको सङ्ख्या १५ हजार ६ सय ९२ रहेको छ भने नवीकरण गरिएको बीमालेखको सङ्ख्या ३ सय १८ रहेको छ ।

  • कम्पनीले १ हजार १ सय ७५ जनालाई रू. १३ करोड ८९ लाख ३० हजार भुक्तानी गर्न बाँकी रहेको छ । यस त्रैमासमा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको छ । कम्पनीले व्यवसाय वृद्धि तथा ग्राहकहरूलाई निरन्तर रूपमा सेवा प्रदान गर्दै आएको छ । 

  • कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी १८ दशमलव ९३, मूल्य आम्दानी अनुपात ६२ दशमलव शून्य ७ प्रतिशत, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. २ सय २५ दशमलव ७९ र प्रतिशेयर नेटवर्थ रू. १ सय २३ दशमलव ८७ रहेको छ । बिहीवारको मूल्य नेटवर्थको साढे ८ गुणा छ ।

   प्राविधिक विश्लेषण :-

  • खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप २ गुणा बढी भएको छ । सो अवधिसम्म १ हजार ६ सय ६० कित्ता शेयर खरीद र  ८ सय ३३ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।

  • बिहीवारको शेयर कारोबार विवरण :-

मैनबत्ती विश्लेषण :-

         २४ अगष्ट  २०१७                              २३ नोभेम्बर  २०१७

स्ट्याण्डर्ड डेभिएशन :-

             २४ अगष्ट  २०१७                              २३ नोभेम्बर  २०१७

आरएसआई  :-

           २४ अगष्ट  २०१७                              २३ नोभेम्बर  २०१७

मुभिङ एभरेज  :-

           २४ अगष्ट  २०१७                              २३ नोभेम्बर  २०१७

  • मैनबत्ती विश्लेषण : कम्पनीको ५२ दिनको कारोबारमा अन्तिम दिनमा ह्याम्मर आकृति बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बुलिशमा जाने सङ्केत गर्दछ ।

  • आरएसआई : कम्पनीको ५२ दिनको कारोबारमा आरएसआई न्युट्रन जोन (४७ दशमलव ४२ स्केल) मा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा छ । 

  • स्ट्याण्डर्ड डेभिएसन : कम्पनीको ५२ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन १६ दशमलव ४९ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ । 

  • मुभिङ एभरेज : कम्पनीको ५२ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य र १४ दिनेभन्दा  २६ दिने औसत मूल्यरेखा माथि छ । यदि हालको मूल्य रू. १ हजार ९० देखि बजारको अवस्था परिवर्तन भइ मूल्य सस्तिएमा रू. १ हजार ५० मा टेवा पाउन सक्छ भने मूल्य महङ्गिएमा रू. १ हजार १ सय १२ मा प्रतिरोध पाउन सक्छ । अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको