Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा शुभ संकेत, नेप्से र कारोबार दुवै बढ्यो

विहीबार, ०७ मंसिर २०७४, १५ : ५६ मा प्रकाशित

सेयर बजारमा शुभ संकेत, नेप्से र कारोबार दुवै बढ्यो

अर्थ संसार, काठमाडौं– हिजोआज सेयर बजारमा शुभ संकेत देखा परेको छ । निरन्तर घटिरहेको बजार हिजोआज क्रमश बढ्दै आएको देखिन्छ ।

अस्ति भन्दा हिजो र हिजो भन्दा आज सेयर बजार क्रमश बढ्दै आएको छ । लगानीकर्ताहरु बजारमा आउने क्रम विस्तारै बढ्दै गएको देखिन्छ ।  साताको अन्तिम दिन आज विहीमार धितोपत्र बजार  दोहोरो अंकले बढेको छ । आज नेप्से १३.०३ अंकले बढेको छ ।

जम्मा १ सय ६५ वटा कम्पनीेका १३ लाख ९१ हजार ८ सय ५३ कित्ता सेयर खरिदविक्री  हुँदा ६८ करोड ५७ हजार २८ हजार  ३ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

आज ट्रेडिक समूह बाहेक अरु सवै उपसमूहरु हरियाली भएको छ । आज बैंक १०.७ अंक, होटल २२.६५ अंक, विकास बैंक २२.२ अंक, हाइड्रोपावर ४६.०३ अंक, फाइनान्स ९.५५ अंक, इन्स्योरेन्स २६.३१ अंक, उत्पादन १५.५७ अंक, अन्य ४.९१ अंक र माइक्रोफाइनान्स २४.३९ अंकले बढेको छ ।

यता ट्रेडिङ समूह भने ३.३७ अंकले घटेको छ । दोहोरो अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a16a19858aae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको