Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँपछि मोरङमा पनि अनलाइनबाट विद्युत् महसुल तिर्न सकिने

विहीबार, ०७ मंसिर २०७४, १४ : २८ मा प्रकाशित

काठमाडौँपछि मोरङमा पनि अनलाइनबाट विद्युत् महसुल तिर्न सकिने

अर्थ संसार,काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको अनलाइन पेमेन्ट सेवा अब काठमाडौँ बाहिर पनि सुरु भएको छ ।
 
प्राधिकरणकाअनुसार आजदेखि  पूर्वी मोरङमा रहेका उपभोक्ताले विद्युत् महशुल तिर्न अब नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रमै गएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ ।
 
उपभोक्ताले घरमै बसेर अनलाइन प्रविधिबाट विद्युत् महशुल तिर्न सक्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रका प्रमुख दिगम्बर यादवका अनुसार बैंकमा गएर वा बैंकको अनलाइन प्रविधिमार्फत विद्युत् महशुल बुझाउन सकिने भएको हो ।
 
अनलाइन प्रविधिबाट विद्युत् महशुल बुझाउन सकिने सेवा प्राधिकरणले यही मंसिर ४ गतेबाट शुरु गरेपछि उपभोक्ता हर्षित भएका छन् । यस्तो महशुल महालक्ष्मी विकास बैंक, ई–सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्रालि, पेप्वाइन्ट, प्रालि, सिटी एक्सप्रेस, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाबाट तिर्न सकिनेछ ।

यस्तो महशुल किओस्क, मोबाइल एप र ई–बैंकिङ प्रणालीबाट पनि तिर्न सकिनेछ । उर्लाबारी वितरण केन्द्रअन्तर्गत उर्लाबारी नगरपालिकासहित पथरी शनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका र मिक्लाजुङ गाउँपालिका क्षेत्रमा ३५ हजार बढी उपभोक्ता छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको