Like us!
Follow us!
Connect us!
Watch us!

खोला किनारा मिचेर घर बनाउँदै हुनुहुन्छ ? २० मिटर छोड्नुहोस्, नत्र भत्किएला

विहीबार, ०७ मंसिर २०७४, १२ : ४५ मा प्रकाशित

खोला किनारा मिचेर घर बनाउँदै हुनुहुन्छ ? २० मिटर छोड्नुहोस्, नत्र भत्किएला

अर्थ संसार, काठमाडौं– बाग्मती सभ्यता एकीकृत विकास समितिले खोलाको किनारमा  जथाभावी भौतिक संरचना निर्माण नगर्न आग्रह गरेको छ ।

  खोला किनारका जग्गा धनीले घर बनाउदा समितिले तोकिएको दुरी छोडेर घर बनाउनु पर्नेछ । अन्यथा कानून अनुसार कारबाही हुनेछ । जग्गाधनील खोला किनाराको अधिकतम २० मीटर र न्युनतम ४ मिटर छोडेर घर बनाउनु पर्नेछ ।

नदी किनारमा कुनै भौतिक संरचना निर्माण गर्नु परेमा समितिबाट समन्वय एवं स्वीकृती लिएर काम गर्नु पर्ने हुन्छ । समन्वय एवं स्वीकृती वा मापदण्ड विपरित कुनै प्रकारको काय गरिएको खण्डमा कानून अनुसार कारबाही हुने समितिले जनाएको छ ।

नेपाल सकार (मन्त्रीपरिषद्) बाट २०६५/०८/१ मा भएको संशोधित निर्णय अनुसार खोला किनारमा निर्माण गर्ने सम्बन्धमा खोलाको नापीको नक्शाबाट कामय रहेको छेउबाट दायाँ÷वाँया तोकिएको दुरी छोडेर मात्र भवन निर्माण गर्न पाइनेछ ।

यो खोलमा यति मिटर छोड्नुहोस्

5a16753d0da28.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको