Like us!
Follow us!
Connect us!
Watch us!

२ अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने

विहीबार, ०७ मंसिर २०७४, १२ : ०३ मा प्रकाशित

२ अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने

अर्थ संसार, पथरी, मोरङ– सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएको छ ।

एशियाली विकास बैंक ९एडिवी०को सहयोगमा निर्माण भइरहेको ढल, नाला र ग्राभेल सडकमा कालोपत्रे हुने भएपछि नगरवासीले खेप्दै आएको धुलो र दूषित प्रदूषणबाट मुक्ति पाउने छन् । खाल्डाखुल्डी सडकका कारण आवागमनमा समस्या देखिँदा महानगरपालिका आलोचित बन्दै आएको थियो ।

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत प्रदीप निरौलाले आउँदो सातादेखि नगर क्षेत्रका करिब ७४ किलोमिटर सडक कालोपत्रे गर्न सर्भेक्षण भइरहेको जानकारी दिनुभयो ।

एशियाली विकास बैंकअन्तर्गत रहेको ९आरयुडिपी० को रु दुई अर्ब ४० करोडको सहयोगमा सडक कालोपत्रे हुन लागेको हो । यस्तै सघन शहरी विकास कार्यक्रमअन्तर्गत रु एक अर्बभन्दा बढीको लगानीमा नगर क्षेत्रको ११ किलोमिटर थप सडक निर्माण गरिँदैछ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको