Like us!
Follow us!
Connect us!
Watch us!

एडिबीको नयाँ देशीय निर्देशकमा उज्वेक नागरिक

विहीबार, ०७ मंसिर २०७४, ११ : ५२ मा प्रकाशित

एडिबीको नयाँ देशीय निर्देशकमा उज्वेक नागरिक

अर्थ संसार, काठमाडौँ– एशियाली विकास बैंक (एडिबी) को नेपाल निर्देशकमा उज्वेकिस्तानका ऊर्जा विशेषज्ञ मुख्तोर खामुदाखनोभ नियुक्त हुनुभएको छ ।

करिब सात महिनादेखि रिक्त उक्त पदमा उहाँलाई एडिबीका अध्यक्षले हालै नियुक्त गर्नुभएको र उहाँ कार्यभार सम्हाल्न काठमाडौँ आइसक्नुभएको यहाँस्थित एडिबीको कार्यालयले जनाएको छ ।

इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यावारिधि आर्थिक नीति तथा व्यवस्थापनका साथै वित्तीय व्यवस्थापनमा समेत स्नातकोत्तर गर्नुभएका नवनियुक्त देशीय निर्देशक खामुदाखनोभ सन् २००१ देखि एडिबीमा आबद्ध हुनुहुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको